क्रिसमसकै दिन यस्तो आत्महत्या, यो कस्तो 'क्रिसमस उपहार' ?

अमेरिकामा आत्महत्या गर्ने गराज : सात महिनामा तीन 'आत्महत्या' घटना

अलविदा एनरिक ! तस्बिर : एजेन्सी

संसारभरका क्रिश्चियनहरू येशुको जन्मदिन धुमधामका साथ मनाइरहेका बेला विश्वप्रसिद्ध हार्भर्ड युनिभर्सिटी रहेको अमेरिकी महानगर बोस्टनमा भने एकजना क्रिश्चियन आमा आफ्ना दुई छोराहरूसँगै अलविदा भनिरहेकी थिइन् । 

प्रहरी भन्छ, ' उनले आफ्ना दुबै छोरालाई मारिन् अनि आफू पनि मरिन् ।'

तर, यो प्रारम्भिक अनुमान मात्र हो। सत्यतथ्य त अनुसन्धानपछि नै आउला । 

बोस्टनको यो घटना यतिमै सिमित छैन। बितेको सात महिनामा एउटै ठाउँमा भएको यो तेस्रो घटना हो । त्यसैले यो हार्भर्ड महानगर बोस्टनमाथि अहिले एउटा गम्भीर प्रश्नचिन्ह लागेको छ। 

यो प्रश्नचिन्ह सामान्य खालको छैन र यो सहजै हट्नेवाला जस्तो पनि देखिएको छैन। प्रहरी भन्छ, अनुसन्धान जारी छ।   

बोस्टनको नर्थइस्टन युनिभर्सिटीसँगै रहेको छ रेनासेन्स पार्क। यो पार्कको लागि त्यहाँ एउटा ग्यारेज छ- रेनासेन्स पार्क ग्यारेज । यही पार्क ग्यारेजमा वितेको सात महिनामा तेस्रोपटक आत्महत्या भएपछि बोस्टनमाथि प्रश्नचिन्ह लागेको छ, 'किन यो गराज आत्महत्या गर्ने थलो भैरहेको छ ?' 

मंगलबार बोस्टन क्रिसमस मनाइरहेको थियो,  यही ठाउँमा फेरि एकपटक पुरानै घटना तेहोरियो। एक युवती आफ्ना साना दुई सन्तानसँगै लगभग मृतअवस्थामा भेटिइन्। उनीहरूलाई यसकार जिवित भनियो कि, अमेरिकामा जहाँ मरे पनि चिकित्सकले नै मृत घोषित गर्नुपर्ने कानुनी वाध्यता छ। घटनास्थलमै  उनीहरूको चोला उठिसकेको थियो। उनीहरू प्राविधिक रूपमा जिवित थिए, यो अर्कै कुरा हो।

प्रहरीले उनीहरूलाई नजिकको अस्पतालमा पुर्यायो, त्यही उनीहरूलाई चिकित्सकले मृत घोषित गरिदिए। अब उनीहरू अमेरिकाको कानुनअनुसार मृतक भए।

अमेरिकाको बोस्टनमा आत्महत्या गर्ने गराज भेटिएको छ। विगत सात महिनामा तीन 'आत्महत्या' भएको यो गराजले यसपटकको क्रिशमशको खुशीलाई फिक्का बनाइ दियो ।

मृतकको सूचीमा चढेका थिए- ४० वर्षिय आमा एनरिन पास्कल अनि उनका दुई छोरा ४ वर्षीय एलिसन र एक वर्षीय एन्ड्यु।

प्रहरीले प्रारम्भिक अनुमानमा बतायो, 'महिलाले आफ्ना दुई छोरासहित आफूलाई पनि मारिन् । तर, यो उस्को निस्कर्ष हैन। एक प्रहरी अधिकृतले भनेका छन्, यो सामान्य घटना हैन, हामी यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरेर निस्कर्षमा पुर्याउनेछौैं।'

यसअघि मे मा एक युवतीले यही आत्महत्या गरेकी थिइन् भने डिसेम्बर ९ मा मात्र अर्को एकजनाले पनि त्यही अलविदा भनेका थिए। उनीहरू एक्लै थिए, उनीहरूसँग त्यस्तो पीडाको कथा पनि थिएन, त्यसैले उनीहरूको जीवनकथा सामान्य आत्महत्याको कोष्टकभित्र सकियो।

तर, यसपटकको घटनाको सन्दर्भ मात्र फरक छैन, यो घटनासँग पीडाको कथा पनि छ। घटना क्रिश्चियनहरूको महान चाड क्रिशमशकै दिन भएको छ। त्यसैले यो घटनाको सन्देश राम्रो मानिएको छैन। येशुको जन्मदिन यस्तो हुनु क्रिश्चियन समुदायमा सामान्य हैन। 

योसँगै यस घटनामा दुई नावालिगको पनि चोला उठाइएको छ। अर्थात्, प्रारम्भिक अनुसन्धानअनुसार ती आमाले आफ्ना दुई सन्तानलाई मारेर आफूलाई पनि सिद्ध्याएकी छिन्। यति क्रुर आमा त्यो पनि क्रिशमसको दिन कसरी हुन सकिन् ?

समृद्ध भनिने अमेरिकी समुदाय र यसको सभ्यताको खिल्ली उडाउने गरी भएको यो घटना यसकारण पनि सामान्य मानिएको छेन। 

एकपछि अर्को हत्या/आत्महत्याका घटना त्यही ठाउँमा भएपछि मानिसहरू प्रश्न गर्न थालेका छन्, कतै यो हत्या/आत्महत्या गर्ने ठाउँ त बनिरहेको छैन ? योसँगै उनीहरूले अर्को प्रश्न पनि गरेका छन्, 'कतै यहाँ आत्महत्याका नाममा हत्या त भैरहेको छैन।'

यसअघि भएका दुई घटनालाई पनि प्रहरीले आत्महत्या भनेर प्रारम्भिक अनुमान बाहिर ल्याएको थियो। त्यसपछि अनुसन्धान जारी रहेको बतायो, अहिलेसम्म पनि निस्कर्षमा पुग्न सकेको छैन। 

अहिलेको यो घटना पनि त्यस्तै त हुने हैन ? बोस्टनबासी आशंका व्यक्त गर्छन्। 

खासगरी क्रिश्चियनहरूको महान चाड क्रिशमशकै दिन भएको यो घटना उनीहरूका लागि सामान्य भएको छैन। उनीहरू यो घटनाको सन्देश राम्रो मानिरहेका छैन। येशुको जन्मदिन कसरी यस्तो हुन सक्छ ? उनीहरू प्रश्न गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-12-27 20:24:50

प्रतिकृया दिनुहोस्