कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा थापा नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर)मा डा निरेश थापा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई शिक्षाध्यक्षको जिम्मेवारी तोकेका हुन्। 

प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा थापासहित तीन जनाको नाम सिफारिस गरेका थिए। जसमा थापाको नाम पहिलो नम्बरमा थियो। भने दोस्रो र तेस्रोमा क्रमशः प्रा.डा भरतमणि पोखरेल र प्रा.डा बद्री बडुको नाम थियो।

थापा लामो समय प्रतिष्ठानमा रहि काम गर्नेमा गनिन्छन्। उनी बिरामीको सेवकको रुपमा समेत चिनिएका छन्। 

बिरामी र कर्णालीबासीमा असल चिकित्सकको छवि बनाएका उनी २०७१ सालदेखि प्रतिष्ठानमा कार्यरत छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु भएपछि विना विशेषज्ञ चिकित्सकको रुपमा उनी कर्णाली पुगेका थिए।

प्रकाशित मिति: : 2019-12-27 10:05:23

प्रतिकृया दिनुहोस्