म्यान्मारको मोगाउँ एकाइ अध्यक्षमा लामिछाने निर्वाचित

निर्मल खराल

म्यानमार

नेपाली गोर्खा विश्वविद्यालय विद्यार्थी सहयोग मण्डली मोगाउँ एकाइको अध्यक्षमा माधव लामिछाने निर्वाचित भएका छन्।

म्यानमारको चान्बारी प्रशाखास्थित उदासी मठ सन्त कुटी मोगाउँ उप–कार्यलयमा भएको भेलाबाट लामिछाने निर्वाचित भएका हुन्। उक्त भेलाले कुल २० सदस्य समिति गठन पनि गठन गरेको छ। 

कार्यक्रममा मिचिना शाखाका अध्यक्ष ओमबहादुर कार्की, मोगाउँ शाखा अध्यक्ष दिपक शिवाकोटी, मिचिना एकाइ नायक हरिबहादुर कार्की, मिचिना एकाइ अध्यक्ष डा। सुमन अधिकारी र समितिका अन्य सदस्यहरू, विश्वविद्यालयका विद्यार्थीहरू र प्रशाखाका समितिहरुको उपस्थित रहेको थियो। सभामा कवि होमनाथ ढकालले हाँस्य कविताहरु प्रस्तुत गरेका थिए। 

समारोहमा मिचिना शाखा अध्यक्ष, मोगाउँ शाखा अध्यक्ष, मिचिना इकाइ नायक, मिचिना इकाइ अध्यक्ष लगायतले आ–आफ्नो धारण राखेका थिए।
 

प्रकाशित मिति: : 2019-12-27 06:11:00

प्रतिकृया दिनुहोस्