रौतहटको इशनाथ नगरपालिकामा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

 रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। इशनाथ–३ मा रहेको कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए।

बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  

 करिब दुई घण्टाको प्रयासपछि नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 
 

प्रकाशित मिति: : 2019-12-26 02:56:35

प्रतिकृया दिनुहोस्