‘गुण्डागर्दी’मा संलग्नताको अभियोगमा दुई जना पक्राउ

बिएल संवाददाता

काठमाडौं Dec 22, 2019

प्रहरीले ‘गुण्डागर्दी’मा संलग्नताको अभियोगमा दुई जनालाई पक्राउ गरेको 

जग्गा कारोबारका आवरणमा गुण्डागर्दी गर्ने नवलपुर देउचुली घर भई कोटेश्वर बस्दै आएका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध घर भई गोठाटार बस्दै आएका विष्णुबहादुर धिताललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

राई कांग्रेस निकट मिनकृष्ण महर्जनलाई ललितपुरमा गोली हानी घाइते बनाएको र ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल बसेर छुटेका अभियुक्त हुन्। उनी सुजन पौडेल रमेश बाहुन निकट व्यक्ति हुन्। यस्तैै धिताल दावा लामा निकट हुन्। 

उनीहरुले भित्रभित्रै धम्क्याएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा पीडितले उजुरी गरेपछि पक्राउ गरिएको हो।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरु गुन्डागर्दी गर्ने, धक्याउने, फिरौती असुल्न संलग्न भएकाले पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2019-12-23 01:17:45

प्रतिकृया दिनुहोस्