सप्तरीको भारदहरमा ९ फिट लामो अजिङ्गर फेला

बिएल संवाददाता

सप्तरी,पुस ५

सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा अजिङ्गर फेला परेको छ। 

स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ। अजिङ्गर करिब २५ किलो तौल  रहेको प्रहरीले जनाएको छ।

फेला परेका अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने  तयारी भइरहेको  प्रहरीले जनाएको छ। दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिङ्गर फेला परेको थियो। 

प्रकाशित मिति: : 2019-12-22 12:17:52

प्रतिकृया दिनुहोस्