जाम्बियाका कारागारमा रहेका २८३ जना कैदी बन्दीलाई क्षमादान गरिएको छ ।
देशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति एड्गार लुङ्गुले उनीहरुलाई क्षमादानको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।
गृह मन्त्रालयका स्टेफन काम्प्योङले कैदी बन्दीहरुमा सुधारका विभिन्न संकेतहरु देखिएपछि उनीहरुलाई आममाफी दिइएको बताए ।
पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन् ।