आज जापान जेएफएलसँग नेपाल निलो भिड्दै

फाइल तस्बिर: बिएल

नेपाली राष्ट्रिय फुटबल टिम निलो र जापानको जेएफएल यू–२३ टिमबीच शुक्रबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। मैत्री खेलका लागि जापानी टोली काठमाडौं आइसकेको छ।

नेपाली खेलाडीलाई एक्पोजर दिनका लागि जापानलाई बोलाएर मैत्रीपूर्ण खेल आयोजना गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले बताए ।

नेपालको निलो टिमको प्रशिक्षकको नेतृत्व मेघराज केसीले गर्ने छन्। कार्तिकमा भएको एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा मेघराजले नेपालको उमेर समुहको टिम हेरेका थिए। यसअघि उनले नेपालले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका थिए।

उनले नेपालको सिनियर टोलीका केही र अन्य खेलाडी मिसाएर खेलाउने छन्। यसअघि नेपालले साग विजेता यू–२३ टिमनै मैदान उतार्ने बताएपनि आधा बढी खेलाडी घाईते भएका कारणले नेपालले निलो टिम बनाएर खेलाउन लागेको हो।

नेपाल भ्रमणमा रहेको जेएफएलले नेपाल निलो र पुर्व लिग विजेता मनाङ मस्र्याङ्दी क्लबसँग एक–एक मैत्रिपुर्ण खेल खेल्नेछ। जेएफएलले आईतबार मनाङसँग खेल्नेछ।

एन्फाले मैत्री खेलका लागि दर्शक शुल्क साधारण प्यारापिटको पाँच सय र भिआईपी प्यारापिटको एक हजार रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति: : 2019-12-13 08:26:55

प्रतिकृया दिनुहोस्