स्याङ्जामा प्रेस सङगठनको एकता टुङ्गो

तस्बिरः एजेन्सी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस सङ्गठन नेपाल स्याङ्जा शाखाको एकता टुङ्गिएको छ।

प्रेस सङ्गठन नेपाल केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लामा क्रियाशील प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता गरिएको हो।

चौतारी र सेन्टरका पदाधिकारीहरुको भेलाले तत्कालीन प्रेस चौतारी स्याङ्जा शाखाका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेको संयोजकत्वमा एकता गरेको हो।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जासहित सातवटा जिल्लामा प्रेस चौतारीलाई संयोजक र अन्य चार जिल्लामा प्रेस सेन्टरलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएबमोजिम स्याङ्जामा न्यौपानेले संयोजकको नेतृत्व प्राप्त गरेका हुन्।

नवगठित सङ्गठनको सहसंयोजकमा तत्कालीन प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रतीक्षा काफ्ले रहेका छन् भने सदस्यहरुमा गोपाल जिटी, हरिप्रसाद सुवेदी, बीनाकुमारी गैह्रे, कला राना, मणिप्रसाद अर्याल, माधव गैह्रे, नारायण विश्वकर्मा, नारायण अर्याल र शालिकराम पोख्रेल रहेका छन्।

संयोजक न्यौपानेले प्रेस सङ्गठन जिल्ला कमिटीको नेतृत्वलाई पूर्णता दिने बताए। उनले जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको क्षमता विकासका लागि र साङ्गठनिक हिसाबले सहयोग गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक न्यौपानेले बताए।(रासस)

प्रकाशित मिति: : 2019-12-08 15:07:09

प्रतिकृया दिनुहोस्