ह्वाइट हाउस अगाडि नेपालीहरुले भारतविरुद्ध प्रदर्शन गर्ने

तस्बिरः एजेन्सी

अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

'नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू'नामक नेपालीहरुको समूहले अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट पार्कमा डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन गर्ने तयारी गरेको हो।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ।

अमेरिकामा लामो समयदेखि बस्दै विभिन्न संघरसंस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली (टेली कन्फेरेन्स कल) को माध्यमद्वारा भारतविरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन्।

सन् २०१५ मा भारतले अघोषित नाकाबन्दी गर्दा पनि अमेरिकामा बस्ने नेपालीहरुले भारतविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: : 2019-11-25 12:22:59

प्रतिकृया दिनुहोस्