सप्ताहान्तमा अमेरिकामा नेपालीका कार्यक्रमको बाढी

वासिङ्टन डीसी महानगर क्षेत्रको स्प्रिङफिल्डमा नेपाली लाखे । तस्बिर : बीएल ।

सप्ताहान्त पारेर अमेरिकाका नेपालीहरू विभिन्न कार्यक्रम आयोजना गरिरहेका हुन्छन्। खासगरी बाक्लो नेपाली डायस्परोरा भएका ठाउँमा त एक हैन, अनेक कार्यक्रम आयोजना भैरहेका छन्।

सांस्कृतिक कार्यक्रम, अवार्ड समारोह, नेपाल परेड, सुन्दरी प्रतियोगिता, छलफल, विचारगोष्ठी, फण्डराइजिङ पार्टी, चलचित्र प्रदर्शन के के मात्र हुने भन्दा पनि के के मात्र नहुने भन्ने स्थिति हुन्छ । खासगरी न्युयोर्क, टेक्सास, वासिङ्टन डीसी महानगर क्षेत्र, वाल्टिमोरलगायतका स्थानमा बाक्लै मात्रामा नेपाली कार्यक्रम आयोजना हुन्छन्।

कति कार्यक्रम गर्नका लागि गरिन्छन् त कति आवश्यकता र औचित्यका आधारमा गरिन्छन् । कति कार्यक्रम फेसबुकमा फोटो सेसनकै लागि आयोजना हुन्छन् भने कति त अरूलाई देखाउनकै लागि पनि आयोजना गरिन्छन् । 

अमेरिकामा सामाजिक सञ्जालको हिरो शैलेस श्रेष्ठको फेसबुक पेजमा हेर्नुपर्छ- उनको फेसबुक पेजले अमेरिकामा नेपालीका कार्यक्रमको ऐेना नै देखाइदिन्छ। शैलेसले उनको फेसबुक पेजलाई सार्वजनिक पहुँच बनाइदिएर सूचनापाटी नै बनाइ दिएका छन्।

अमेरिकामा सामाजिक सञ्जालको हिरो शैलेस श्रेष्ठको फेसबुक पेजमा हेर्नुपर्छ-  उनको फेसबुक पेजले अमेरिकामा नेपालीका कार्यक्रमको ऐेना नै देखाइदिन्छ। शैलेसले उनको फेसबुक पेजलाई सार्वजनिक पहुँच बनाइदिएर सूचनापाटी नै बनाइ दिएका छन्। मिडिया इज मिडियम भन्ने एउटा बहुचर्चित भनाइ छ आमसञ्चारमा, उनको फेसबुक पेज त्यसैको एक गतिलो दृष्टान्त हो। 

यस्तै एउटा कार्यक्रम शुक्रबार वासिङ्टन डीसी महानगर क्षेत्रको स्प्रिङफिल्डमा आयोजना गरिएको छ। मोन्टेगमरी काउन्टीले थ्यांक्स गिभिङको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा स्थानीय नेपाली पनि जमेर सहभागी भएका छन्। नेपालको राष्ट्रिय झण्डादेखि विभिन्न सांस्कृतिक भेषभूषा र झाँकीहरूका साथ प्रस्तुत भएका नेपालीले आफ्नो विशिष्ठ उपस्थिति जनाएका छन् ।

उता, न्युयोर्कमा शुक्रबार नै वर्ल्ड नेपाली म्यूजिक अवार्ड आयोजना गरिएको छ भने ग्लोबल नेपालीको साधारणसभा आयोजना गरियो । शनिवारर नै कवयित्री कुन्ता शर्माको सम्मानमा एक कार्यक्रम आयोजना गरिएको छ भने छमाया छपक्कै एएमसी थियटरमा प्रदर्शनी हुदैछ।

 

प्रकाशित मिति: : 2019-11-24 06:36:42

प्रतिकृया दिनुहोस्