अमेरिकामा अर्काे एक नेपालीको कार दुर्घटनामा मृत्यु

नेपालको जन्म, अमेरिकाको मरण : कसले के भन्न सक्छ र ? फाइल तस्बिर ।

अमेरिकामा भएको एक कार दुर्घटनामा एक नेपाली युवाको निधन भएको छ ।निधन हुने चितवन नारायणगढ घर भएका ३० वर्षीय रवि श्रेष्ठ भएको बताइएको छ ।

घटना टेक्सास राज्यको फोर्टवर्थ डल्लास महानगरको फ्रिस्को सिटीमा भएको हो । स्थानीय प्रहरीका अनुसार प्रिस्टन रोडको उत्तर इल्डोराडो पार्कवे स्थित खोलामा उत्तानो परेको कारमा मृतक श्रेष्ठ दु्र्घटनाग्स्त अवस्थामा भेटिएका थिए । प्रहरीले उनलाई उद्धार गरेर स्थानीय अस्पतालमा पुर्याउदा चिकित्सकहरूले उनको पहिलै मृत्यु भैसकेको बताउका थिए ।

घटना गत शुक्रबार राति १०: ४५ बजे घटे पनि उनलाई चिन्ने जान्ने नजिकको मानिस नभेटिएकोले त्यसको जानकारी दिन नसकिएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार मात्र उनको परिचय खुलाउन सकेको थियो।

घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठका एक आफन्तले उनी आईटी क्षेत्रमा कार्यरत रहेको बताए । उनका अनुसार श्रेष्ठ सन् २००८ मा पूर्ण छात्रवृति पाएर विद्यार्थी भिसामा अमेरिका आएका थिए । उनले मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित मोर्गन युनिभर्सिटीबाट सन् २०१३ मा फाइनान्समा ग्राजुयसन गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-11-23 11:27:48

प्रतिकृया दिनुहोस्