अमेरिकाका राता राज्य नीला हुँदै, केन्टकीपछि लुजियाना नीलो !

केन्टकीपछि लुजियाना नीलो : आएकै हो त नीलो तरङ्ग ? तस्बिर : एजेन्सी

अमेरिकाको लुजियाना राज्यको गभर्नरमा डेमोक्रेटिक पार्टीका जोन बेल एडवार्ड्स विजयी भएका छन् । गाढा रातो राज्यमा यी नीला गभर्नर दोस्रोपटक विजयी भएका हुन् । पहिलो चरणमा रिपब्लिकनसँग पछि परेका उनी दोस्रोचरणमा राजनीतिक पासा पल्टाउदै विजयी भएका हुन् ।

उनले राष्ट्रपति डोनल्ड ट्रम्पका खास मान्छे एड्डी रिस्पोनलाई पराजित गरेका हुन् । एडवार्ड्सले ५१ प्रतिशत मत पाउँदा रिस्पोनले ४९ प्रतिशत मात्र मत पाए । 

रिस्पोनको चुनाव प्रचारमा राष्ट्रपति ट्रम्प आफैं लुजियाना पुगेका थिए । ट्विटबाट पनि उनले रिस्पोनलाई जिताए अटो विमा र कर घट्ने भन्दै आश्वासन बाँढेका थिए । 

तर, सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारीलाई २० अंकले पराजित गरेका ट्रम्पको भनाइ लुजियानाबासीले पत्याएनन् । र, उनीहरू उनको ह्वाइट हाउससँग खुशी नभएको संकेत दिए ।

यो सँगै  अक्टोबर महिनामा मात्र अमेरिकाका दुई गाढा राता राज्य नीला भएका छन् ।

यसअघि अर्को गाढा रातो राज्य केन्टकीमा भएको गभर्नर चुनावमा रिपब्लिकन गभर्नर म्याट वेभिनलाई पराजीत गर्दै डेमोक्रेटिक पार्टीका उम्मेद्वार एन्डी बसेर विजयी भएका थिए । 

सन् २०२० को राष्ट्रपतीय चुनाव नजिकिदै गर्दा देखिएको यो राजनीतिक रंग परिवर्तनले अमेरिकी हात्तीहरू निराश हुदैछन् भने गधाहरूमा उत्साह छाएको छ ।

 

 

प्रकाशित मिति: : 2019-11-18 02:07:31

प्रतिकृया दिनुहोस्