ट्रम्प अर्को महिना बेलायत जाने

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन् ।

नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उनि बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने ।

ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ ।

आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उहाँले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने भएका छन् ।

प्रकाशित मिति: : 2019-11-17 08:53:46

प्रतिकृया दिनुहोस्