कठ्याङ्ग्रिदैछ अमेरिका, बन्दैछन् चिसोका कीर्तिमान

नोभेम्बरमै मध्यहिउँदको कहर : यो बाध्यता हो अमेरिकी जीवनको. हैन रहर । तस्बिर : एजेन्सी

अमेरिकामा हिउँद सुरू हुन अझै ३८ दिन बाँकि छ । तर, मौसमी पारो भने यति धेरै घटेको छ कि नोभेम्बरमै मध्यहिृउँदजस्तो चिसोको अनुभूति भएको छ । 

अमेरिकाका अधिकांश भूभाग अप्रत्यासित रूपमा चिसो भएर कठ्यांग्रिएको छ । खासगरी मिचिगन, मिजौरी, कान्सास र इलिनोय राज्य फ्रिज हुने अवस्थामा पुगेको मौसम पूर्वानुमानविज्ञहरूले बताएका छन् । 

नेसनल वेदर सर्भिसका अनुसार उत्तरी ध्रुवक्षेत्रबाट आएको हावाको झोक्काले यस्तो भएको हो ।

कैयौँ स्थानमा नोभेम्बर महिनामै मध्य हिउँदको जस्तो हिउँ परेर कीर्तिमानी कम तापक्रम बनेको छ । मौसमविदहरू भन्छन्, यो क्रम केही समय कायम रहेर चिसोकाअरू थुप्रै किर्तिमान बन्नेछन् । 

यो पनि हेर्नुहोस् 

डा. शान्ति प्रियाको जस्तो अवस्था अरू कसैको नहोस्!

खराब मौसमका कारण कयोै हवाई उडान रद्द गरिएका छन् भने केही क्षेत्रमा विद्यालय पनि बन्द गरिएका छन्।

स्थानीय प्रहरीहरूले जनाएअनुसार हिउ परेर सडक चिप्लो हुँदा सडक दुर्घटनामा वृद्धि भएको छ। हिउँमा गाडी चिप्लिएर चार जनाले ज्यान गुमाइसकेका छन् । केही क्षेत्रमा विद्यालयहरू पनि बन्द गरिएका छन्।

अमेरिकी मौसमको साक्षी बस्दै आएका ८० नाघेका अमेरिकी जेष्ठ नागरिकहरू भन्छन्- ' यस्तो पहिले कहिलै हुदैनथ्यो। थाहा छैन मन्नुअघि के के देखेर मर्नुपर्ने हो।'

प्रकाशित मिति: : 2019-11-14 06:08:27

प्रतिकृया दिनुहोस्