अमेरिकी इतिहासमै यस्तो तेस्रो दिन : राष्ट्रपतिविरूद्ध महाअभियोग प्रत्यक्ष प्रसारण

राष्ट्रपति ट्रम्पले यस्तो पनि इतहिास बनाए ! तस्बिर : सीएनएन

आज बुधबार नोभेम्बर १३, २०१९। अमेरिकाको इतिहासमै तेस्रोपटक आएको यस्तो दिन।आज अमेरिकी राष्ट्रपतिविरूद्ध महाअभियोग छानविनबारेको संसदीय सार्वजनिक सुनुवाईको अमेरिकी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछन्। 

अबको केही घण्टापछि अमरिकी संसद भवन क्यापिटल हिलमा स्थानीयसमयअनुसार विहानको १० बजेको हुनेछ जतिबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबिरुद्धको महाअभियोग छानविनबारेको संसदीय सार्वजनिक सुनुवाई अमेरिकी टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्न सुरू गर्नेछन्। 

यो पनि पढ्नुहोस् 
‘छोरो हराए पो दुःख, नत्र क्या का दु:ख’

आज युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत र अमेरिकी उप सहायक विदेशमन्त्री जर्ज केन्टको बयान लिने बताइएको छ। त्यही बयान एबीसी, सीबीएस, एनबीसी र पीबीएस लगायतका टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्न लागेका हुन्। फक्स, सीएनएन, एमएसएनबीसीलगायतका टेलिभिजनले पनि विशेष कभरेज गर्ने जनाएका छन्। 

यो पनि पढ्नुहोस्/हेर्नुहोस् 

डा. शान्ति प्रियाको जस्तो अवस्था अरू कसैको नहोस्!

अर्को सुनुवाई नोभेम्बर १५ शुक्रबार गरिने जनाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आफ्ना युक्रेनी समकक्षीलाई फोन गरेर अमेरिकी पुर्वउपराष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान गर्न दवाव दिएको आरोप छ।त्यही आरोपलाई लिएर उनमाथि महाअभियोग प्रक्रिया अमेरिकी संसदको तल्लो सदनमा सुरू भैसकेको छ।

यसअघि अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको संसदीय सुनवाइ पनि टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। 

प्रकाशित मिति: : 2019-11-13 19:05:11

प्रतिकृया दिनुहोस्