आईएसआईएसका प्रमुख बग्दादी मारिएको अमेरिकाको दाबी

तस्बिरः एजेन्सी

आतंकवादी संगठन इस्लामिक स्टेट इराक र सिरिया (आईएसआईएस)का प्रमुख अबु अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको दाबी गरिएको छ ।

शनिबार उत्तर–पश्चिम सिरियामा भएको कारबाहीमा बग्दादी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक संजाल टुइटरमा ‘केही ठूलो काम भएको’ लेखेका छन् ।

यता उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै लेखिएका समाचारहरुमा पनि सैनिक कारबाहीमा आईससआईएसका ठूला नेता मारिएको र ती बग्दादी भएको दाबी गरिएको छ ।

 

बग्दादी पछिल्ला ५ वर्षदेखि भूमिगत थिए । पछिल्लो समय सन् २०१४ मा बग्दादीको एक भिडियो सार्वजनिक भएको थियो । उनी मोसुलको एक मस्जिदमा गएको भिडियोमा देखिएको थियो ।

यसअघि पनि थुप्रैपटक बग्दादी सैनिक कारबाहीको निशाना बनेको खबरहरु सार्वजनिक भएका थिए । सन् २०१८ को फैब्रुअरी महिनामा अमेरिकी अधिकारीहरुले सन् २०१७ को मे महिनामा भएको सैनिक कारबाहीमा परेर बग्दादी घाइते भएका दाबी गरेका थिए ।

प्रकाशित मिति: : 2019-10-27 12:15:22

प्रतिकृया दिनुहोस्