एनआरएन अमेरिकाका प्रतिनिधिको दुई सूची : कस्ले पाउँला आधिकारिता ?

डा. पौडेल र ई. जोशीको जुधाइ: सुनील साहको मिचाइ । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडोैं-कुम्भमेला सुरू हुन अब केही दिन मात्रै बाँकि छ । यही अक्टोबर १५ देखि १७ सम्म आयोजना हुने यो कुम्भमेलाका लागि ठूलो संख्यामा एनआरएन अगुवाहरू काठमाडौै पुगेका छन् भने केही काठमाडोैतिर लागिरहेका तस्बिरले सामाजिक सञ्जालका भित्ताहरू रंगिएका देखिन्छन् ।

यो कुम्भमेलामा अमेरिकाबाट १६८ सामान्य र १५ आइसीसी प्रतिनिधि गरी १८३ प्रतिनिधि सहभागी हुन सक्छन् । तर, विगतमा झै यसपटक पनि को को सहभागी हुने भन्ने रडाको अझै सकिएको छैन । अहिल पनि अमेरिकाका दुईवटा सूची एनआरएनए अन्तर्राष्ट्रिय संयोजन समितिको सचिवालयमा पुगेका छन् । 

एनआरएनए अमेरिकाले १८२ जनाको सूची पठाएको छ भने त्यसलाई मान्यता नदिएका क्षेत्रीय संयोजक गौरी जोशीले ६१ जनाको सूची एनआरएनए अन्तर्राष्ट्रिय संयोजन समितिको सचिवालयमा पठाएका छन् । दुबै सूचीलाई जोड्दा अमेरिकाबाट २४४ जना प्रतिनिधिको नाम पुगेको छ । तर, भाग लिन पाउँनेको संख्या भने अधिकतम १८३ मात्र हो, त्यसमा पनि १५ जना त सुनिश्चित छ, बाँकि १६८ जनाको छिनोफानो कसरी हुने हो, त्यो भने हर्न बाँकि छ । दुईतिरमध्य एउटा सूचीमा नाम चढेर पनि ५९ जना प्रतिनिधि हुन पाउँदैनन् र उनीहरू मतदान प्रक्रियाबाट समेत बञ्चित हुन्छन । 

दुबै सूचीमा नाम भएकाहरू कोही काठमाडोैं पुगिसकेका छन् भने कोही पुग्ने क्रम जारी छ ।  

एनआरएनए अमेरिकाले देखाउने यो जात्रा नयाँ हैन, यसअघि पनि त्यस्तो जात्रा देखाएकै हो । गत महाधिवेशनमा त तत्कालिन अध्यक्ष डा. केशव पौडेलको केही मर्मत पनि भएकै हो । यसपटक पनि विगतबाट पाठ नपढेको एनआरएन अमेरिकाका लागि पुरानै कथा दोहोरिने सम्भावना प्रवल छ । 

यस प्रश्नको उत्तर एउटै आउने अवस्था अझै बनिसकेको छैन । दुबै पक्षकाले आआफ्नो सूचीको वकालत गरेका छन् । क्षेत्रीय संयोजक जोशी आफूले पठाएको सूची एनआरएनए आइसीसीको मापदण्डअनुसार भएकाले आफ्नो सूचीका सबैले भाग लिन पाउने ठान्छन् । उनका अनुसार ६१ जना त्यही सूचीका प्रतिनिधि रहन्छन् भने बाँकि १२२ जना एनआरएनए अमरिकाले पठाएको सूचीका प्रतिनिधि हुन्छन् । एनआरएनए आईसीसीको विधानमा सम्बन्धित क्षेत्रको क्षेत्रीय संयोजकले सिफारिस गरेको हुनुपर्छ भन्ने छ । यसरी हेर्दा जोशीले पठाएको सूचीले मान्यता पाउँने देखिन्छ । तर, त्यो सूची सम्बन्धित देशको एनसीसीले बनाएको हुनुपर्छ । जोशीको सूची एनसीसी अमेरिकाले नबनाएकाले यो सूची पनि पूरै वैद्य होइन । 

यो पनि हेर्नुहोला 
सेन्सरसिपबाट गुज्रेकी हजुरआमा कथाकी लेखिका अमृताका वृतान्त्त
तर, विधानत: यस्तो सूची सम्बन्धित राष्ट्रिय संयोजन समितिले तयार गरेर क्षेत्रीय संयोजककोमा पठाउने र त्यही सूचीलाई अन्तर्राष्ट्रिय समन्वय समितिमा पठाउनुपर्ने हुन्छ । जोशीले बनाएको सूची एनआरएनए अमेरिकाको एनसीसीले तयार नगरेको हनाले यो सूची पनि वैधानिक हो भन्न सकिन्न । 

उता, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह भने आफूले पठाएको सूची आधिकारिक भएकाले त्यसले मान्यता पाउँने बताउँछन् । सूचीमा नाम भएर पनि सहभागी हुन नसकेको खालि ठाउँमा भने सल्लाह गरेर अर्को सूचीका मानिस सहभागी गराउन सकिने उनको ठहर छ । तर, उनी पनि आफूले भनेजस्तो हुने कुरामा भने ढुक्क देखिएनन्  । 

यसबाहेक तेस्रो विकल्प पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो भएमा अमेरिकाको सूची नै अस्वीकृत हुन्छ र अमेरिकाको एनआरएनए एनसीसीको मान्यता पनि रद्द हुन सक्छ । त्यस्तो भएमा अमेरिकाबाट उम्मेद्वार हुन चाहने सबैको सपना चकनाचुर हुन्छ । तर, दुबै सूची बनाउनेहरूले उम्मेद्वारी घोषणा गर्दै ठूलो खर्च गरिसकेकाले अन्तत: दुबै पक्ष फेस सेभिङको स्थितिमा नआउलान् भन्न सकिन्न । 

दुबै सूची बनाउनेहरू कांग्रेसी नै भएकाले उनीहरूको माउ पार्टीले हस्तक्षेप गरेरै भए पनि त्यो अवस्थालाई टार्ने कुरामा दुबै पक्ष ढुक्क देखिन्छन् । यसैपनि यसपटकको चुनाव जित्नका लागि नेपाली कांग्रेस उच्चस्तरीय समिति बनाएरै लागिसकेको छ । 

केही समयता नेपालमा भएका विभिन्न पेशागत संघसंस्थाहरूमा कांग्रेस उम्मेद्वारहरू विजयी भएकाले कांग्रेस यसपटक उत्साहित देखिएको छ । एनआरएनएमा यसअघि राजनीतिक रूपमै ध्रुवीकरण नभए पनि रूसी धुरी र बाँकि धुरीका रूपमा केही चिरा परेको अवस्थामा रहदै आएको छ । रूसी धुरीलाई कम्युनिष्ट र बाँकि धुरीलाई कांग्रेस धुरी भन्नेहरू पनि छन् । 

दुबै धुरीका लागि अमेरिकाको १८३ मत चुनावी जोडघटाउका लागि निर्णायक नभए पनि महत्वपूर्ण भएकाले अमेरिकालाई निषेध गर्ने आँट गरिहाल्लान् भन्न सकिन्न । तर, पटकपटक यस्तो गर्दै एनआरएनए आइसीसीलाई हिस्स पार्दै आएको प्याम्पर्ड अमेरिकाले जे गरेपनि हुन्छ भन्नु पनि ठीक नहोला । 

 

प्रकाशित मिति: : 2019-10-11 07:34:02

प्रतिकृया दिनुहोस्