अमेरिकामा फेरि चल्यो गोली : कान्सास सिटीमा मारिए चार, पाँच घाइते

कान्सास सिटीस्थित टाकिला केसी बार । तस्बिर : एजेन्सी

अमेरिकामा सप्ताहान्त डरलाग्दो हुँदैगएको छ । यो सप्ताहान्तको आइतबार विहान मध्यपश्चिमी कान्सास राज्यको कान्सास सहरमा भएको गोली प्रहारमा चारजना मारिएका छन् भने पाँचजना घाइते भएका छन् ।

घटना कान्सास सिटीको १०औं र सेन्ट्रल एभिन्युस्थित टाकिला केसी बारमा भएको हो ।

गोलीबारीमा हिस्पानिक समुदायका मानिस मारिएका हुन् ।

प्रहरीले घटनामा गोली चलाउने दुईजना हिस्पानिक पुरूष रहेको अनुमान गरेको छ  तर यो समाचार तयार पारून्जेल कोही पनि पक्राउ परेका छैनन् । 

घटना घटेको बेला करिव ४० जना ग्राहक रहेको बारमा रहेका एकजना ग्राहकले भने - घटना हुनुअघि उनीहरूबीच ठूलो स्वरमा विवाद भएको थियो र विवादकै बीचमा दुइजना उठेर हिडेका थिएँ ।' उनका अनुसार पछि तिनै व्यक्ति फर्केर गोली हानेको हुनुपर्छ । 

प्रहरीले भने मूल ढोका बन्द गरिसकेको बारमा बन्दुकधारीहरू बारको पछाडिबाट आउको हुन सक्ने बताएको छ । एक प्रहरी अधिकारीले भने, बन्दुकधारीहरू बारका लागि परिचित हुनुपर्छ ।

घटनाबारे अनुसन्धान भैरहेको बताउँदै कारणबारे केही नखुलेको बताएको छ । 

हिस्पानिकहरूको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा भुटि्नज नेपालीको पनि बाक्लो उपस्थिति रहेको छ । 

 

प्रकाशित मिति: : 2019-10-06 23:11:30

प्रतिकृया दिनुहोस्