अब आफन्तलाई अमेरिका घुमाउने दिन जाने भए !

ट्रम्पले कार्यकारी आदेश जारी गरेर आप्रवासीमाथि पोखे महाअभियोगको रिस । तस्बिर : एजेन्सी

अमेरिकी नागरिकता लिइसकेका वा ग्रीनकार्ड भएका नेपालीले अब आफन्त ल्याउन उनीहरूको स्वास्थ्यवीमा गर्नैपर्ने भएको छ । यो प्रावधानसँगै अब अमेरिकामा आफन्त ल्याउन असम्भव नभए पनि मुस्किल भने बढ्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक कार्यकारी घोषणामा हस्ताक्षर गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । 

अमेरिकामा आप्रवासी भिसा खोज्ने मानिसका लागि लागु हुने यो प्रावधान नेपालीका लागि पनि लागु हुन्छ । कानुनी रूपमा नागरिक र स्थायी बासिन्दालाई असर नगर्ने यो प्रावधान पति वा पत्नी र अमेरिकी नागरि कका अभिभावकलाई लागू हुन्छ । यसले जो आफ्ना बाबुआमा, सासु ससुरा वा आफन्तलाई आप्रवासी भिसामा अमेरिका ल्याउन कोशिस गर्दैछन् उनीहरु प्रभावित हुन्छन । शरणार्थी र पर्यटक भिसाका लागि भने यो प्रावधान लागु हुदैन ।

स्वास्थ्य वीमा गरेर आफन्त ल्याउन महंगो मात्र पर्दैन, यो झन्झटिलो पनि हुन्छ । आप्रवासी भिसााका लागि भनेर न सरकारी न निजी कुनै पनि भिसा पोलिसी नै डिजाइन गरिएका छैनन् । एक वीमाविज्ञ भन्छन्- ' अहिले कुनै पनि वीमा पोलिसी आप्रवासी भिसाका लागि जारी गर्न सकिने अवस्थै छैन । यसका लागि छुट्टै वीमा नीति आउन जरूरी छ ।' 

सरकारले अहिले नै स्वास्थ्य बिमा बिना आप्रवासी भिसा नदिने हो भने कसैले पनि भिसा नै पाउन सक्ने अवस्था रहदैन । उनी अगाडि भन्छन्- 'अहिले अमेरिकामा  आप्रवासी भिसामा आउनेका लागि तुरून्तै जारी गर्न सकिने वीमा पोलिसी नै छैन ।'

यो पनि हेर्नुहोस् 
दशैमा मासु कसरी खाने ?
सरकारको यो नयाँ नीतिबाट आप्रवासी भिसामा अमेरिका आफन्त ल्याउन तत्कालका लागि त सम्भव नै छैन । नयाँ नीति आए पनि त्यो नीतिअनुसार विमा गर्दा महंगो हुने भएकाले महंगो स्वास्थ्य वीमा गरेर आफन्त ल्याउन सहज हुदैन । 

यसले अब अमेरिका आफन्त ल्याउने चर्को प्रतिस्पर्धामा ब्रेक मात्र लाग्ने हैन कि स्टप नै हुने सम्भावना बढ्दो छ । 

अमेरिकामा रहेका आप्रबासीका लागि यो ठुलो झट्का भएको बताउँदै अमेरिकामा सामाजिक सञ्जालमार्फत् सचेतना फैलाइरहेका भेट्रन पत्रकार सानुबाबु सिलवाल लेख्छन्- 'सासु-ससुरा, साली-साला, आमा-बा ल्याउने ग्रीनकार्ड हाता लगाइएकै भोलिपल्टफुडस्ट्याम्प र मेडिकेड एबम मेडीकेयरका लागि एप्लाइ गरिहाल्नेको भींडले बढाएको अमेरिकी सरकारको आर्थिक बोझ यो नया नीतिमार्फत् घटाउन खोजिएको देखिन्छ ​। यसैगरी च्याप्दै जान थाल्यो भने अमेरिकामा आफ्ना परिवार र आफन्तलाई इस्पोन्सर गरी ल्याउने जोरजुलुम र प्रस्तिस्पर्धा घट्न जानेछ​ । 

प्रकाशित मिति: : 2019-10-05 22:15:04

प्रतिकृया दिनुहोस्