अमेरिकामा 'युक्रेन' पस्दा नयाँ प्रश्न : को हुन्छ २०२० मा राष्ट्रपति उम्मेद्वार ?

अमेरिकामा चलेको एक मे मे - जस्ताको तस्तै, बाँकि तस्बिर आफैं बोल्छ । तस्बिर : एजेन्सी

अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति चुनावमा को को उम्मेद्वार हुने हो ? यसै भन्न नसकिने परिस्थिति सिर्जना हुदै गएको छ । 

केही समयअघि ट्रम्प 'हात्ती-प्रत्यासी' हुने निश्चितजस्तै थियो र उनीसँग प्रतिस्पर्धा गर्ने 'गधा-प्रत्यासी' मात्र को होला भनेर खोजीको भाषामा समाचारका शीर्षकहरू बन्थे ।

तर, यतिबेला त्यसरी समाचारका शीर्षकहरू बनिरहेका छैनन् । 

ट्रम्पमाथि महाअभियोगको अनुसन्धान प्रक्रिया सुरू भएपछि उनको उम्मेद्वारी पनि अनिश्चयमा परेको छ । 

उनीविरूद्ध महाभअभियोग प्रस्ताव प्रस्तुत भयो र त्यो पास भयो भने उनी उम्मेद्वार हुन सक्दैनन् । 

यो पनि हेर्नुहोस्
एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनको भिडियो सन्देश
यसको सम्भावना कति छ ?  यस प्रश्नको उत्तरमा एक राजनीतिक विश्लेषक भन्छन्, ठ्याक्कै प्रतिशतमा निकाल्न नसकिएला । तर, उनको मुस्किल दिन प्रतिदिन बढ्दैछ । अहिलेसम्म उनको पल्ला भारीजस्तो देखिन्छ तर दिन बित्दै जाँदा उनको विपक्षमा माहोल बन्दै जाने सम्भावना बढ्दो छ । ' उनी अगाडि भन्छन्- ' इडियोलोजीभन्दा पनि इस्युमा राजनीति हुने अमेरिकामा कसैको पनि भविष्य दाउमा पर्न सक्छ । यहाँ रात हैन घण्टा रहे नै अग्राख पलाउन सक्छ ।'

रिपब्लिकनहरूलाई पनि थाहा छ, ट्रम्पले जे गरेका छन्, त्यसले उनलाई फाइदा भए पनि रिपब्लिकनलाई नोक्सान हुने निश्चित छ । यदि लामो रेसको राजनीति गर्ने हो भने ट्रम्पलाई ह्वाइट हाउसमा जति धेरै दिन राखिन्छ, त्यति नै  रिपब्लिकनलाई नोक्सान हुन्छ, एक रिपब्लिकन लोयलिस्ट नै यो स्वीकार्छन् । उनी भन्छन्- 'आजसम्मको अमेरिका जे थिय, ट्रम्पले त्यसको छवि नै अर्को बनाइ दिए । दोस्रो कार्यकाल पनि जिते भने उनले अमेरिकालाई अर्कै बनाइदिन्छन् । त्यसपछि इमानमा चल्ने रिपब्लिकनका दिन फर्कदैनन् ।'

उनी भन्छन्- 'महाअभियोग पारित भएन भने ट्रम्प नै हात्ती प्रत्यासी हुन्छन्, भयो भने कार्यबाहक राष्ट्रपतिका रूपमा माइक पेन्स उम्मेद्वार हुन सक्छन् । तर त्यस्तो परिस्थिति सिर्जना भयो भने पेन्सको विरूछ अरू पनि रिपब्लिकन उम्मेद्वार हुन सक्छन् । त्यस्तो अवस्थामा पेन्सले उम्मेद्वारी नजित्न पनि सक्छन् ।'

अहिलेसम्मको वस्तुस्थितिलाई नियाल्दा सन् २०२० मा ट्रम्प र बाइडेन आम्नेसाम्ने हुनेछन् । र, त्यस्तो स्थितिमा बाइडेनको पल्ला भारी हुन सक्छ । तर, यो बाइडेनले केही गर्छन् भनेर हैन, ट्रम्पले दोस्रो कार्यकाल अरू बर्बाद नपारून् भनेर हो । यो भनेको ट्रम्प र बाइडेनबीच चुनाव हैन, ट्रम्प विरूद्ध ट्रम्प चुनाव हो ।

यता हात्ती खेमाको स्थिति अनिश्चित बन्दै गएको अवस्थामा उता गधा क्याम्पमा पनि उम्मेद्वारी निश्चित भैसकेको छैन । पछिल्लो जनमतले पूर्वउपराष्ट्रपति जो  बाइडेन नै सम्भावित गधा प्रत्यासी हुने सम्भावना देखाएको छ। तर, उनलाई पछ्याउँदै आएकी एलिजावेथ वारेनले पनि बाइडेनको अग्रतालाई अरू  साँघुरो बनाएकी छिन् । अहिले बाइडेनको पक्षमा २५ प्रतिशत र बारेनको पक्षमा २० प्रतिशत जनमत देखिएको छ । यिनै दुईमध्ये एक गधा प्रत्यासी हुने सम्भावना बढ्दो छ । बर्नी स्याण्डर्स १५ प्रतिशतका साथ निक्कै पछाडि छोडिएका छन् । 

यस क्याम्पबाट अग्रता लिइरहेका बाइडेनसँग जोडिएकै विषय ट्रम्पविरूद्ध महाअभियोगको प्रस्ताव बनिरहेको छ । त्यो प्रस्ताव कसरी निस्कर्षमा पुग्छ ? त्यसले गधा प्रत्यासी को हुने भन्ने कुराको निर्णमा भूमिका निर्वाह गर्छ । यदि यो विषय ट्रम्पको पक्षमा गयो भने त्यो केही न केही अर्थमा बाइडेनका लागि शुभ नहुन पनि सक्छ । यस्तो अनुमान लगाउने राजनीतिक विश्लेषक पनि छन् । त्यस्तै एक विश्लेषक इयान जोन्स भन्छन्- त्यस्तो भएको खण्डमा गधा क्याम्पबाट वारेनले उम्मेद्वारी जित्न सक्छिन् । र, फेरि एकपटक ट्रम्प र वारेन आम्नेसाम्ने हुदाँ महिलालाई अमेरिकी राष्ट्रपति देख्न नचाहने अमेरिकी मतदाता निर्णायक हुन सक्छन् । र, २०१६ को इतिहास दोहोर्याउँदै ट्रम्प दोस्रो कार्यकालको लागि निर्वाचित हुन सक्छन् । '
यो पनि हेर्नुहोस् 
Breaknlinks Nepali लाइक टिप्पणी साझा गर्नुहोस्
 योभन्दा फरक मत राख्ने विश्लेषक पनि अमेरिकामा धेरै छन् । तिनैमध्येकी एक सारा विलियम्स भन्छिन्- 'ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव पारित भएन भने गधा क्याम्पले बाइडेनलाई आफ्नो उम्मेद्वार बनाउँछ र युक्रेन मुद्दामा ट्रम्प र बाइडेनबीच अमेरिकी जनमत संग्रह हुन सक्छ । त्यस्तो अवस्थामा यदि वारेनलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाएर गधा क्याम्प अगाडि बढ्यो भने ट्रम्पको दोस्रो कार्यकालको सपना चकनाचुर हुन सक्छ ।'

योभन्दा भिन्न मत राख्ने भारतीयमूलका राजनीतिक विश्लेषक मनु पटेल भन्छन्- अहिलेसम्मको वस्तुस्थितिलाई नियाल्दा सन् २०२० मा ट्रम्प र बाइडेन आम्नेसाम्ने हुनेछन् । र, त्यस्तो स्थितिमा बाइडेनको पल्ला भारी हुन सक्छ ।' उनको निजी विश्लेषण छ- 'यो बाइडेनले केही गर्छन् भनेर हैन, ट्रम्पले दोस्रो कार्यकाल अरू बर्बाद नपारून् भनेर हो । यो भनेको ट्रम्प र बाइडेनबीच चुनाव हैन, ट्रम्प विरूद्ध ट्रम्प चुनाव हो ।'

यो पछिल्लो विश्लेषणमा केही 'दम' छ । तर, त्यसका लागि आउने समयको हरेक दिन हैन, घण्टा र मिनेटको राजनीति हावा कसरी र कता बग्छ-त्यसैले निर्धारण गर्छ । 

 

प्रकाशित मिति: : 2019-10-03 06:44:00

प्रतिकृया दिनुहोस्