संसारको सबैभन्दा वृद्ध हजामको १०८ वर्षको उमेरमा निधन

तस्बिरः एजेन्सी

संसारको सबैभन्दा वृद्ध हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ।

न्युयोर्क निवासी एन्थोनीको सेप्टेम्बर १९ मा मृत्यु भएको थियो । उनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । एन्थोनीले दोस्रो विश्वयुद्धभन्दा अघि अर्थात सन् १९३२ बाट कपाल काट्न सुरु गरेका थिए ।

सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबैभन्दा बृद्ध हजामको रुपमा नाम दर्ता भएको थियो ।

एन्थोनीका ८२ वर्षे छोरा रोबर्ट म्यानकिनेलीका अनुसार पिता एन्थोनी सम्पूर्ण जिन्दगीभरी स्वस्थ रहेका थिए। तर अन्तिम समयमा भने उनलाई क्यान्सर रोग लाग्यो । यही वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो।

सोही रोगको कारण उनको मृत्यु भएको हो।

प्रकाशित मिति: : 2019-09-28 14:48:49

प्रतिकृया दिनुहोस्