ट्रम्प-जेलेन्स्की टेलिफोन वार्ता सार्वजनिक: बाइडनबारे अनुसन्धान गर्न आग्रह गरेको पुष्टि

ट्रम्प-जेलेन्स्की टेलिफोन वार्ता । एक प्रतिकात्मक तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति जो बाइडनबारे अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेको पुष्टि भएको छ । 

उनको प्रशासनले आज सार्वजनिक गरेको युक्रेनी राष्ट्रपतिसँगकाे टेलिफोन वार्ताको सारांशमा यस्तो उल्लेख छ । ट्रम्पले जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गरे पनि सुनेर तयार गरिएको संवादमात्रै बाहिर ल्याइएको छ । 

वार्ताका क्रममा ट्रम्पले युक्रेनी समकक्षीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनमाथि भ्रस्टाचारको छानबिन गर्न आग्रह गरेको पाइएको छ । 

बाइडनको छोरा हन्टर बाइडेन निर्देशक रहेको एक युक्रेनी कम्पनीका बारेमा युक्रेनी अभियोक्ताहरूले थालेको छानबिन बाइडनले रोकिदिएकोले त्यसको छानबिन हुनुपर्ने ट्रम्पले आग्रह गरेका छन् । 

यो पनि हेर्नुहोस् 
नृत्यबाट काठमाण्डौमा सुदूरपश्चिमलाइ चिनाउने देवु
ट्र्म्पले प्रत्यक्ष रूपमा नभने पनि अप्रत्यक्ष रूपमा आफ्ना निजी वकिल रुडी जुइलियानीसँग त्यस विषयमा छलफल गर्न  जेलेन्स्कीलाई भनेको बताइन्छ । जुलियानी बाइडनको मुद्दालाई लिएर युक्रेनसँगको नीति आफ्नै ढङ्गले अघि बढाइरहेको विश्वास गरिन्छ ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले भने राष्ट्रपतीय चुनावका आफ्ना सम्भावित प्रत्यासी बाइडेनविरुद्ध त्यसतो अनुसन्धानको माग नगरेको बताउँदै आएका छन् । तर, उनले कुरा भएको भने स्वीकार गरेका छन् । 

केही दिनअघि एक सुराकीले औपचारिक रुपमा उजुरी हालेको समाचार आएपछि ट्रम्प र जेलेन्सकीबीचको टेलिफोन वार्ताबारे विवाद सार्वजनिक भएको हो ।

 

 

प्रकाशित मिति: : 2019-09-25 23:25:43

प्रतिकृया दिनुहोस्