बाइडेनलाई थापेको 'युक्रेन पासो' ट्रम्पकै लागि गलपासो : बढ्यो सम्भावना महाअभियोगको

बढ्दैछ अप्ठ्यारो ट्रम्पको : बाइडेनतिर फालेको 'युक्रेन-पासो' बन्दैछ आफ्नै गलपासो । तस्बीर : एजेन्सी ।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोगको प्रस्ताव आउने सम्भावना अलि बढेको हो कि जस्तो देखिएको छ । खासगरी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग फोनवार्ता गरेर बाइडेनमाथि कारबाही गर्न सौदाबाजी गर्नु र त्यसले डेमोक्रेटिक पार्टीको संस्थापनको कानमा बतास लाग्नु - यी दुवै घटनाक्रमले त्यस्तो सम्भावना अलि बढाएका हुन् । 

ट्रम्पमाथि महाभियोग लगाउनुपर्छ भन्ने विषय डेमोक्रेटिक पार्टीमा यसअघि पनि नउठेको हैन । तर, त्यसमा संस्थापन पक्ष महाअभियोगका लागि तयार नभएर अड्किएको थियो । 

अहिले संस्थापन पक्षकै सम्भावित राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनमाथि नै कारबाहीका लागि ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई गुहारेपछि भने सभामुख नइान्सी पेलोसी र एडम शिफजस्ता शक्तिशाली नेताहरूमाथि महाअभियोग लगाउनुपर्ने दबाब बढेको छ ।

यो पनि हेर्नुहोस् 
१५ वर्षीय छात्राले थालेको आन्दोलनले ल्याएको भूइँचालो

उनीहरूले यो मुद्दा महाअभियोगका लागि गतिलो भएको पनि बताएका छन् । शिफले महाभियोग एक मात्र उपचार हुन सक्ने बताएका छन् भने पेलोसीले यदि सुराकीको उजुरी कंग्रेसलाई नदिइएमा ट्रम्प प्रशासन "कानुनविहीनताको गम्भीर नयाँ अध्यायमा प्रवेश गर्ने र त्यसले आफूहरूलाई अनुसन्धानको पूरा नयाँ चरणमा लग्ने" बताएकी छन्।

उनीहरूले राष्ट्रपति ट्रम्पलाई  फोनवार्ताको अभिलेख उपलव्ध गराउन भनेका छन् । तर, राष्ट्रपतिले जे गर्न पनि सक्ने बताउँदै ट्रम्पले अभिलेख नदिने बताइरहेका छन् ।

यो अडानमा रहिरहे भने डेमोक्रेटिक पार्टीका लागि पनि यो एक प्रतिष्ठाको विषय बन्छ र ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव आउन सक्छ । 

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्तामा भूतपूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोराबारे कुरा उठाएको स्विकार गरेका छन् । उनले त्यसको प्रतिरक्षा गर्दै भ्रष्टाचारबारे कुरा गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताए। तर, उनले बाइडेनविरूछ अनुसन्धान गर्न दबाव चाँहि नदिएको बताए । 

बाइडेन उपराष्ट्रपति भएका बेला उनका छोरा हन्टर वाइडेन युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए । भ्रष्टाचार गरेको भनेर उनीमाथि अनुसन्धान गरिरहेको अभियोजनकर्तालाई हटाउनका लागि तत्कालिन उपराष्ट्रपति बाइडृनले युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको भनाइ बाहिरिएपछि यो विषय चर्चामा आएको हो । बाइडेनले आफूले पश्चिमा साझेदारहरूको हितलाई समेत ध्यानमा राखेर आफूले समग्रता त्यसो गरेको बताउँदै त्यसबाट आफ्नो छोराको मात्र फाइदा बेफाइदा नहेरेको बताए । तर, पछि अनुसन्धानबाट उनीमाथिको आरोप प्रमाणित भएको थिएन ।

यो पनि हेर्नुहोस् 
किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न?

राष्ट्रपति ट्रम्प अहिले त्यही विषय उठाएर बाइडेनलाई अप्ठ्यारो बनाउन चाहन्थे तर युक्रेनस् समकक्षीले उनको त्यो प्रस्ताव मानेनन् । त्योनमानेबापत ट्म्पले केही समयका लागि युक्रेनलाइ दिने सहयोग राशी नै बन्द गरिदिएका थिए । 

सन् २०१६ मा रूसी ह्याकरले चुनाव जिताएको आरोप खेपिरहेका ट्म्पले यसपटक युक्रेनसँग त्यस्तै किसिमको सौदाबाजीमा जोडिएर आफूलाई अप्ठ्यारोमा पारेका छन् ।

यसअघि उनले अन्तिम ससयमा इमेल काण्डमा एफबीआइको कोमीको बयानको सहाराले हिलारीमाथि अप्रत्यासित जित निकालेका थिए । यसपटक पनि ट्रम्प त्यस्तै विषयको खोजीमा रहेको बताइएको छ । त्यही क्रममा उनले भेटाएको यो मुद्दाले भने उनलाई अप्ठ्यारोमा पार्ने छनक देखाउँदैछ । 

 

प्रकाशित मिति: : 2019-09-24 11:21:39

प्रतिकृया दिनुहोस्