पाकिस्तानबाट ज्यान जोगाएर न्युयोर्क आइपुगिन् इस्माइल

पाकिस्तानी मानव अधिकारकर्मी गुललाई इस्माइल : लुक्दै भाग्दै अमेरिका । तस्बिर : एजेन्सी

पाकिस्तानी सेनाको आलोचना गरेबापत ६ वटा मुद्दा खेपिरहेकी एक मानव अधिकारकर्मी भागेर न्युयोर्क आइपुगेकी छिन् । महिनौँदेखि लुकेर ज्यान जोगाउँदै आएकी उनको नाम गुललाई इस्माइल हुन्।

'राज्यविरुद्धका गतिविधिमा संलग्न भएको' र 'हिंसा फैलाएको' आरोप लागेकी उनले एएफपीसँग कुरा गर्दै आफ्नो ज्यानलाई खतरा भएकोले देश छोडेर भाग्न बाध्य भएको बताइन् ।

उनले नभागेको भए जेलमा सडाएर आफ्नो आवाज दबाइन्थ्यो भन्दै उनले आफूविरुद्ध पाकिस्तानी अदालतमा छवटा मुद्दा हालिएको जानकारी दिइन् । 

अमेरिकामा राजनीतिक शरणका लागि आवेदन दिएकी स्माइलले आफू न्यूयोर्कमा बहिनीसँग बसिरहेको बताइन् । 

महिला तथा बालिकाविरुद्धका मानव अधिकार उल्लङ्घनका घटनाबारे वर्षौदेखि आवाज उठाउँदै आएकी उनी सोह्र वर्षको उमेरदेखि नै मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी छन्।

उत्तर-पश्चिमी पाकिस्तानको ख्यबर पख्तुन्ख्वा प्रान्तकी उनी अवाएर गर्ल्स नामक एउटा गैरसरकारी संस्था स्थापना गरेर काम गर्दै आउकी छिन् ।

 

प्रकाशित मिति: : 2019-09-23 09:03:20

प्रतिकृया दिनुहोस्