नेपाल राष्ट्रसंघमा उच्चस्तरीय छलफलमा भाग लिनबाट बञ्चित, सहभागिता औपचारिक मात्रै

औपचारिक सहभागिताको टोलीनेता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

नेपालले यसपटकको संयुक्त राष्ट्रसंघ महासभामा उच्चस्तरीय छलफलमा भाग लिन नपाउने भएको छ । 

सयुक्त राष्ट्र संघले दैनिक रुपमा जारी गर्ने प्रेस बिज्ञप्तीमा यसपटकको उच्चस्तरीय छलफलमा नेपालको नाम नभएपछि नेपालको सहभागिता औपचारिकतामा सिमीत हुन पुगेको पुष्टी भएको हो । 

नेपालका तर्फबाट टोलीनेता रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सेप्टेम्बर ३० मा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन् । यसअतिरिक्त उनले केही मन्त्रीस्तरीय बैठकमा समेत सहभागिता जनाउँने छन् । 

प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली अस्वस्थताका कारण महासभामा सहभागी हुन आउन नसकेपछि परराष्ट्रमन्त्री ज्ञवालीले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । गजबको कुरा त के छ भने उनको नेतृत्वमा उपप्रधानमन्त्री उपेन्द्र यादव पनि सदस्यका रूपमा रहेका छन् । मन्त्री टोलीनेता र उपप्रधानमन्त्री सदस्य रहेको नेपाली टोलीले प्रोटोकलको खिल्ली उडाउँदै जग हसाउने काम गरेको छ ।  

यस क्रममा उनले असंलग्न आन्दोलन (नाम), जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै एशियाली सहयोग संवाद (एसिडी)को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो पनि हेर्नुहोस् 
न्यूयोर्क पुगेपछि परराष्ट्रमन्त्रीको पहिलो कुराकानी
यसैगरी मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने र केही देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने बताइएको छ । 

प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली अस्वस्थताका कारण महासभामा सहभागी हुन आउन नसकेपछि परराष्ट्रमन्त्री ज्ञवालीले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । गजबको कुरा त के छ भने उनको नेतृत्वमा उपप्रधानमन्त्री उपेन्द्र यादव पनि सदस्यका रूपमा रहेका छन् । मन्त्री टोलीनेता र उपप्रधानमन्त्री सदस्य रहेको नेपाली टोलीले प्रोटोकलको खिल्ली उडाउँदै जग हसाउने काम गरेको छ । 

प्रकाशित मिति: : 2019-09-23 02:04:24

प्रतिकृया दिनुहोस्