अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई बितेका ८ वर्षयताको कर फिर्ताको दस्तावेज बुझाउन आदेश जारी भएको छ ।
राष्ट्रपति ट्रम्पको निबास रहेको न्युयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी साइरस भ्यान्सको कार्यालयले यस्तो आदेश जारी गरेको हो ।
अमेरिकी दैनिक दी न्युयोर्क टाइम्सका अनुसार ट्रम्प र ट्रम्प अर्गनाइजेसनको वर्षौदेखि करसम्बन्धी करोबार हेर्ने कम्पनी मजार्सका नाममा यस्तो आदेश जारी भएको हो ।
यो पनि हेर्नुहोस्
ट्रम्पले पूर्व पोर्नस्टार ट्रोमी डेनियल्ससँगको अन्तरंग सम्वन्धको गोप्यता कायम राख्न पैसा दिएको बारेमा अनुसन्धानका क्रममा यस्तो आदेश जारी भएको बताइएको छ । उनका पूर्व कानूनी परामर्शदाता माइकल कोहनले ट्रम्पले पैसा तिरेको बयान दिएका छन् भने ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
मजार्सले कहिलेसम्ममा त्यसको विवरण दिनुपर्ने हो त्यसबारेमा भने केही खुलासा भएको छैन ।
यो आदेशले राष्ट्रपति ट्रम्प थप अप्ठ्यारोमा परेको अनुमान गरिएको छ । उनका वकिलले यसबारेमा अध्यययन भैरहेको र उपयुक्त समयमा प्रतिक्रिया दिने बताएका छन् ।