कोलम्बियामा एउटा सानो जहाज दुर्घटना, सातजना यात्रुको मृत्यु

तस्बिरः एजेन्सी

कोलम्बिया । कोलम्बियामा एउटा सानो जहाज दुर्घटना हुँदा सातजना यात्रुको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । ट्रान्सप्यासिफिको नामको स्थानीय कम्पनीको जहाज पोपायानमा दुर्घटनामा परेको हो ।

पोपायान सहर पहाडले घेरिएको सानो सहर हो । जहाँ २ लाख ७० हजार मानिस बसोबास गर्छन् । घटनापछि कोलम्बियाको उड्डयन विभागले दुर्घटनाको कारणबारे छानविन गर्ने जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-16 18:10:17

प्रतिकृया दिनुहोस्