अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई सम्वाेधन गरेर उनका पूर्ववर्ती बराक ओबामाले लेखेकाे अन्तिम पत्रमा चार बुँदा रहेको पाइएको छ ।
ओभल अफिसमा आफ्नै हातले लेखेर तीन फाेल्डमा पट्याएर खाममा राखेपछि बराक ओबामाले खामकाे बाहिर मिस्टर प्रेसिडेन्ट सम्वाेधन गरेका थिए ।
पत्रमा उनले अमेरिकी सत्ता हस्तान्तरणकाे परम्परालाई कायम राख्दै राष्ट्रपति ट्रम्पलाई बधाइ दिएका छन् र उनले आफ्नाे र प्रथम महिला मिचेल ओबामाका तर्फबाट राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई ह्वाइट हाउसमा स्वागत गरेका छन् ।
उनले पत्रमा चारवटा बुँदा उल्लेख गरेका छन् ।
पहिलाेमा, राष्ट्रपति हुनु भाग्यकाे कुरा भएकाे बताउँदै आफूहरू दुबै भाग्यमानी भएकाे उल्लेख गर्दै भावी पीढी र परिवारलाई काम गर्ने वातावरण दिएर सफलताकाे सिढीहरू बनाइदिन हरसम्भव प्रयत्न गर्नुपर्ने दायित्व सम्झाइएकाे छ ।
दाेस्राेमा, अमेरिकाकाे दायित्व मुलुकभित्र मात्र हैन, विश्वभर रहेकाे सम्झाउँदै त्यसका लागि उदाहरणीय भूमिका निर्वाह गरेर अमेरिकी महान परम्परालाई कायम गर्नुपर्ने बताइएकाे छ ।
तेस्राेमा, राष्ट्रपतिहरू अस्थायी हुन् र स्थायी कुरा चााहि विधिकाे शासन, शक्ति पृथकीकरण र सन्तुलन, नागरिक स्वतन्त्रताकाे रक्षा हुन् भन्ने समझाउँदै उनले अगाडि भनेका छन्, तिनीहरूकाे उपभाेग सबैले सराबरी गर्न पाउँने सामाजिक न्याय स्थापित गर्नु हरेक राष्ट्रपतिकाे परम कर्तव्य हाे ।
चाैथाेमा, उनले हतार नगरी साेच विचार गरेर आवश्यक गृहकार्य गरेर अगाडि बढ्दा नै अमेरिकी राष्ट्रपति पदकाे महिमा, गरिमा र परम्परा कायम हुने बताएका छन् ।
राष्ट्रपति बराक ओबामाले आफ्ना उत्तराधिकारीलाई लेखेकाे याे शालिन पत्र र सल्लाहलाइ अन्यथा भन्न मिल्दैन । तर, प्रश्न उठ्छ के बर्तमान राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्तिप्रति त्याे सम्मान दिएका छन् त ? इतिहास साक्षी छ, अमेरिकाकाे इतिहासमै आफ्ना पूर्ववर्तिप्रति यति धेरै अनुदार राष्ट्रपति न थियाे, न हुने नै छ ।
राष्ट्रपति बराक ओबामाले लेखेकाे पत्रकाे पूर्ण पाठः