९/११ एउटा त्रासदीकाे अर्काे नामः फेरि कहिल्यै यस्ताे नहाेस् !

सन् २००१ को नाइल इलावेनमा यसरी ध्वस्त पारिएको थियो ट्विन टावर । फाइल तस्बिर : एजेन्सी

आज ९/११ अर्थात् सेप्टेम्बर ११ । सन् २००१ मा आजकै दिन अमेरिकाकाे न्युयाेर्ककाे ट्वीन-टावरलगायतका स्थानमा चारवटा आतंकवादी आक्रमण भएकाे थियाे । संसारलाई नै चकित पार्ने गरी मुस्लिम आतंकवादी संगठन अल काइदाले हवाइजहाज अपहरण गरेर गरिएकाे आक्रमणमा दुई हजिार नौ सय ९६ निर्दाेष नागरिक मारिएका थिए भने ६ हजारभन्दा बढी घाइते भएका थिए ।

अमेरिकाकाे शान मानिनने न्युयाेर्ककाे ट्विन-टावर नै ध्वस्त पारिएकाे याे आक्रमणमा १० बिलियन अमेरिकी डलर बराबरकाे भाैतिक संरचना नष्ट पारिएकाे थियाे ।

आज त्यो पीडादायी दिनको सम्झनामा अमेरिकाको न्युयोर्कलगायत विभिन्न स्थानमा १८औं स्मृतिदिवश मनाइदैछ । स्मृति दिवशमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनामा सहानुभूति र समवेदना प्रकट गरिन्छ । साथै, त्यो घटनामा परेका घाइतेहरूको स्मरण गर्दै उनीहरूको खुशी र सुखी जीवनको कामना गरिन्छ । 

निर्दाेष मानिसकाे ज्यान गएकाे याे भयावह दिनमा आफ्नाे अमूल्य जीवन गुमाएका निर्दाेष मानिसहरूकाे स्मरण गर्दै सबै खाले आतंकहरूकाे भत्सर्ना गराैं गर्ने गरिन्छ । मान्छेकाे बाँच्न पाउँने नैसर्गिक अधिकारकाे सम्मान र पैरवी गर्न पनि सबैलाई आव्हान गरिन्छ । 

प्रकाशित मिति: : 2019-09-11 23:41:22

प्रतिकृया दिनुहोस्