परराष्ट्रमन्त्रीका पीएलाई नै दिएन अमेरिकाले भिसा : हुन पाएनन् न्युयोर्कमा वाणिज्यदूत

अमेरिकाले भिसा नदिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्की । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो स्वकीय सचिव कस्ता मान्छे राखेका रहेछन् भन्ने कुराको एक गम्भीर खुलासा भएको छ । 

मन्त्री ज्ञवालीका स्वकीय सचिव जिल्लाबासी जीतबाहादुर कार्कीलाई अमेरिकाले रातो पासपर्टमा पनि भिसा नदिएपछि त्यसको खुलासा भएको हो । परराष्ट्र मन्त्रालयका शाखा अधिकृत रहेका कार्कीलाई उनले रोजेकै ठाउँ न्युयोर्कस्थित नेपाली महावाणिज्यदूताबासमा मन्त्री ज्ञवालीले सरूवा गरिदिएकोमा उनलाई अमेरिकाले भिसा दिन नै अस्विकार गरेको छ । 

कृसु क्षेत्रीका नामले सुपरिचित कृष्णकुमार सुवेदीका ठाउँमा कार्कीलाई सरूवा गरिएको थियो । तर, उनलाई कूटनीतिक राहदानीमा पनि अमेरिकाले भिसा दिन अस्वीकार गर्यो ।

परराष्ट्रमन्त्री ज्ञवालीलाई यो घटनाले लज्जित बनायो वा गौरववोध ? यसबारेमा सोच्न भने आवश्यक बनाएको हुनुपर्छ । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्- 'उनको दिमाखमा सबै गुल्मेलीहरू दुधले धोएका विराला हुन्छन् भन्ने छ । तर, यथार्थमा त्यस्तो नहुन पनि सक्छ भन्ने पाठ उनलाई मिलेको हुनुपर्छ ।' 

यसअघि वासिङटन डीसीस्थित नेपाली दूतावासमा नासुका रूपमा कार्यरत रहेर फर्कने बेलामा उनका परिवारका केही सदस्य टिपिएसमा आवेदन दिएर यतै बसेका कारण उनलाई भिसा नदिइएको हुन सक्ने आशंका गरिएको छ । तर, काठमाडौस्थित अमेरिकी दूताबासले  भिसा अस्वीकृत हुनुको कारण भने खुलाएको छैन । 

केहीले भने यसलाई अमेरिकाले मानव ओसारपसार घटनाका रूपमा बुझेको र यो एक गम्भीर मामला हुनसक्ने पनि बताएका छन् । 

यस बारेमा कार्कीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । तर, मन्त्रालयका एक सूचना अधिकारीले उनको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा सरूवा गरिए पनि क्लिरियन्स नआएको पुष्टि गरे। उनले भने, धेरै नै भयो, अझै उहाँको क्लिरियन्स भएको छैन । 

उनका अनुसार कार्की अब न्युयोर्क नगएर अन्यत्रै जाने प्रयासमा लागेका छन् । मन्त्रीका जिल्लाबासी र स्वकीय सचिव भएकाले उनका लागि रोज्जीछाडीकै अवस्था छ । परराष्ट्र उच्च अधिकारीहरू मन्त्रीलाई खुशी पारेर आफ्नो दुनो सोझ्याउन जे बन्न पनि तयार भरहेको अवस्था छ । 

परराष्ट्रमन्त्री ज्ञवालीलाई यो घटनाले लज्जित बनायो वा गौरववोध ? यसबारेमा सोच्न भने आवश्यक बनाएको हुनुपर्छ । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्- 'उनको दिमाखमा सबै गुल्मेलीहरू दुधले धोएका विराला हुन्छन् भन्ने छ । तर, यथार्थमा त्यस्तो नहुन पनि सक्छ भन्ने पाठ उनलाई मिलेको हुनुपर्छ ।' 

प्रकाशित मिति: : 2019-09-08 22:52:03

प्रतिकृया दिनुहोस्