अमेरिकामा २०२० को राष्ट्रपति निर्वाचनमा बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने डेमोक्रेट उम्मेद्वार को होला ? यतिबेला अमेरिकासामु उभिएको मूलप्रश्न नै यही हो ।
अनुमानको खेल सुरू भए पनि यसको उत्तर दिने भनेको रजिस्टर्ड डेमोक्रेट मतदाताले नै हो । उनीहरूसामु कुनै एकलाई छानेर ट्रम्पसँग प्रतिस्पर्धा गर्न पठाउन अझै पनि २० जनाको विकल्प प्रस्तुत भएको छ । सुरूमा २४ जना आकांक्षी रहे पनि चारजनाले मैदान छोडिसकेका छन् ।
को सही विकल्प हुन सक्छ ? त्यसका लागि सीएनएनको सौजन्यमा दुई चरणका प्रेसिडेन्सियल डिबेट भैसकेका छन्, एक चरणको टाउनहल मिटिङ पनि भैसक्यो ।
यो पनि हेर्न सक्नुहुन्छ
दुई चरणको प्रेसिडेन्सियल डिबेट र एक चरणको डाउन हल बैठकपछि जनमतको आधारमा अगाडि रहेका १० डेमोक्रेट उम्मेद्वारको सूची जारी भएको छ । सूचीमा पूर्वउपराष्ट्रपति जो बाइडन सबैभन्दा अगाडि रहेका छन् । उनलाई पछ्याउँदै दुई एलिजावेथ वारेन र बर्नी सण्डर्स क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यसअघि तेस्रो स्थानमा रहेकी कमला ह्यारिस चौथो स्थानमा धकेलिएकी छन् ।
यो पढ्न छुटाउनु भयो कि ?
भो, अति भो कति दोष दिनु सतीलाई ?
यसैगरी समलिंगी पिट बुगिगिग पाँचौ स्थानमा रहेका छन भने छैटौ स्थानमा कोरी बुकर पुगेका छन् । त्यसपछि सातौैदेखि दशौं स्थनामा क्रमश: एमी क्लोबुचन, बेटो ओरूर्क, एन्ड्रयु याङ र जुलियन कास्ट्रो रहेका छन् ।
यो पनि हेर्न सक्नुहुन्छ
डेमोक्रेटिक पार्टीको चुनावी माहौल र पछिल्ला प्रेसिडेन्सियल डिबेट हेर्दा शीर्ष तीन स्थानमा रहेका उम्मेद्वारमध्ये कुनै एक उम्मेद्वारकै सम्भावना देखिन्छ । त्यो पनि तेस्रो स्थानमा रहेका बर्नीले पछिल्लो चुनावमा जस्तै केही चमत्कार गरिहाल्छन् कि भनेर मात्र । नत्र अघिल्ला दुई उम्मेद्वार जो बाइडेन र एलिजावेथ वारेनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
अहिलेको स्थिति हेर्दा सन् २०२० को नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प र वाइडेनबीच नै प्रतिस्पर्धा होला कि जस्तो देखिन्छ । तर, अन्तिम अवस्थामा डेमोक्रेटिक पार्टीका समाजवादी धारका बर्नी र एलिजावेथ मिले भने यो धारको उम्मेद्वार पनि ट्रम्पसँग भिड्न सक्नेछन् ।