अमेरिकाको टेक्सासमा मास सुटिङ : कम्तिमा पाँच मारिए, २१ घाइते

जारी छ अमेरिकामा बन्दुक आतंक : हाँ कतिबेला को निर्दोष मारिने हो ? - केही भन्नै सकिन्न । तस्बिर : एजेन्सी

अमेरिकामा बन्दुक आतंक जारी छ । यसैक्रममा पश्चिम टेक्सासको मिडल्याण्ड-ओडिसामा भएको पछिल्लो मास सुटिङको घटनामा कम्तीमा पनि पाँचजना मारिएका छन् भने २१ जना घाइते भएका छन् ।

घटनामा संलग्न संदिग्ध बन्दूकधारी पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । स्थानीय प्रहरीका अनुसार बन्दुकधारीलाई नियन्त्रणमा लिने क्रममा तीनजना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

गाडी चलाउँदै आएको बन्दुकधारीले सपिङ सेन्टर बाहिर अन्धाधुन्ध गोली प्रहार गरेको थियो । उसलाई नियन्त्रण लिन सुरक्षाकर्मीले प्रयास गर्पछि ऊ सिनर्जी थियटरतिर अघि बढ्को थियो । त्यहीको पार्किङमा सुरक्षाकर्मीसँगको दोहोरो फायरिङ हुँदा ऊ मारिएको सुरक्षाकर्मीले बताएका छन् । 

घटनामा संलग्न व्यक्तिका बारेमा अनुसन्धान जारी रहेको बताउँदै सुरक्षाकर्मीले के का लागि यो मास सुटिङ गरिएको हो त्यसको पनि खोजबिन भैरहेको बताएको छ । 

हिजै साँझ मात्र अलाबामा राज्यको लाड पिबल्स स्टेडियममा एक १७ वर्षीय किशोरले अन्धाधुन्ध गोली चलाएर १० जनालाई घाइते बनाएको थियो । लेफ्लोर र  विलियमसन हाइस्कूलबीच भएको फुटबल म्याचपछि सामुहिक गोलीबारी भएको थियो । घाइते १०मध्ये तीन गम्भीर घाइते अस्पतालमा भर्ना गरिएका छन् । घाइते सबै १५ वर्षदेखि १८ वर्षबिचका भएको बताइएको छ । 

गोलीबारी एन्जेलो पर्नेल नामक एक १७ वर्षीय किशोार गरेको स्थानीय प्रहरीले जनाएको छ । उसलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाइएको पनि प्रहरीले जनाएको छ । 

अमेरिकामा बढ्दो मास सुटिङका घटनालाई लिएर आम जनमानसमा त्रासको वातावरण सिर्जना भएको छ । उनीहरूले यसका लागि दक्षिणपन्थी रिपब्लिकन पार्टीको नीति दोषी रहेको भन्दै रोष प्रकट गरेका छन् । 

प्रकाशित मिति: : 2019-09-01 05:45:43

प्रतिकृया दिनुहोस्