अमेरिकामा गत वर्षको जुलाई ४ मा मारिएका एक नेपालीले अन्तत: न्याय पाएका छन् ।
न्याय पाउँने यी स्वर्गीय नेपाली भर्जिनिया राज्यको हरन्डनमा बस्दै आएका रेशम बजगाई हुन् । उनका हत्यारा मोहमद ए अब्दुल्लाहीलाई ६० वर्ष कैद र २५ हजार जरिवाना गर्ने फैसला भएको छ ।
फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले गरेको हो ।
४० वर्षीय बजगाईको भर्जिनियाको हरन्डन शहरस्थित सुनोको ग्यास स्टेसनमा गत वर्षको जुलाई ४ मा हत्या गरिएको थियो । हत्याराले फायर एक्सटिनगुईसरले हिर्काएर हत्या गरेको थियो ।
२०१७ मा सपरिवार अमेरिका आएका उनी श्रीमती तथा ६ बर्षिय छोरीसँग बस्दै आएका थिए ।