को भिड्ला ट्रम्पसँग २०२० मा - यो हो सम्भावित सूची

यो हो- शीर्ष १० डेमोक्रेटिक उम्मेद्वारको सूची । तस्बिर : एजेन्सीको सहयोगमा ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकामा २०२० को राष्ट्रपति निर्वाचनमा बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने डेमोक्रेट उम्मेद्वार को होला ? यतिबेला अमेरिकासामु उभिएको मूलप्रश्न नै यही हो ।

अनुमानको खेल सुरू भए पनि यसको उत्तर दिने भनेको रजिस्टर्ड डेमोक्रेट मतदाताले नै हो । उनीहरूसामु कुनै एकलाई छानेर ट्रम्पसँग प्रतिस्पर्धा गर्न पठाउन २४ जनाको विकल्प प्रस्तुत भएको छ ।  

को सही विकल्प हुन सक्छ ? त्यसका लागि सीएनएनको सौजन्यमा दुई चरणका प्रेसिडेन्सियल डिबेट भैसकेका छन् । चुनावका लागि उठाएको चन्दा र पोलमा हासिल गरेको समर्थनका आधारमा २० जना उम्मेदवार वहसमा उत्रिसकेका छन् । अर्को चरणको बहसमा पुग्नका लागि उम्मेद्वारहरू फेरि पनि चन्दा उठाउन र पोलमा सरमर्थन जुटाउन कम्मर कसेर लागि परेका छन् ।

यो पनि हेर्न सक्नुहुन्छ 

सालिकको कथा

 

दुई चरणको प्रेसिडेन्सियल डिबेटपछि जनमतको आधारमा अगाडि रहेका १० डेमोक्रेट उम्मेद्वारको सूची जारी भएको छ । सूचीमा पूर्वउपराष्ट्रपति जो बाइडन सबैभन्दा अगाडि रहेका छन् । उनलाई पछ्याउँदै दुई महिला आकांक्षी एलिजावेथ वारेन र कमला ह्यारिस क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अर्का प्रवल दाबेदार बर्नी सण्डर्स भने चौथो स्थानमा छन् । सन् २०१६ को प्रतिस्पर्धामा अन्तिम चरणमा पुगेका बर्नीका त्यतिबेलाका आधा दर्जनभन्दा बढी समर्थक नै अहिले उम्मेद्वार भएपछि उनी चौथो स्थानमा धकेलिएका हुन् ।

यो पढ्न छुटाउनु भयो कि ?

भो, अति भो कति दोष दिनु सतीलाई ?

यसैगरी समलिंगी पिट बुगिगिग पाँचौ स्थानमा रहेका छन भने छैटौ स्थानमा कोरी बुकर पुगेका छन् । त्यसपछि सातौैदेखि दशौं स्थनामा क्रमश: एमी क्लोबुचन, जुलियन कास्ट्रो, बेटो ओरूर्क र एन्ड्रयु याङ रहेका छन् । 

यो पनि हेर्न सक्नुहुन्छ 

किन हुन्छ सम्बन्ध विच्छेद ?

डेमोक्रेटिक पार्टीको चुनावी माहौल र पछिल्ला प्रेसिडेन्सियल डिबेट हेर्दा शीर्ष चार स्थानमा रहेका उम्मेद्वारमध्ये कुनै एकक उम्मेद्वारकै सम्भावना देखिन्छ । त्यो पनि चौथो स्थानमा रहेका बर्नीले पछिल्लो चुनावमा जस्तै केही चमत्कार गरिहाल्छन् कि भनेर मात्र । नत्र अघिल्ला दुई उम्मेद्वार जो बाइडेन र एलिजावेथ वारेनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । 

अहिलेको स्थिति हेर्दा सन् २०२० को नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प र वाइडेनबीच नै प्रतिस्पर्धा होला कि जस्तो देखिन्छ । तर, अन्तिम अवस्थामा डेमोक्रेटिक पार्टीका समाजवादी धारका बर्नी र एलिजावेथ मिले भने यो धारको उम्मेद्वार पनि ट्रम्पसँग भिड्न सक्नेछन् । 

 

प्रकाशित मिति: : 2019-08-11 23:37:49

प्रतिकृया दिनुहोस्