अमेरिकाले नेपाललाई दिएको टीपीएस नौ महिना थप : मार्च २४, २०२० सम्म कायम

अमेरिकाले नेपाललाई दिएको टीपीएस नौ महिना थप : मार्च २४, २०२० सम्म कायम । प्रतिकात्मक तस्बिर

अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीलाई दिइएको विशेष सुविधा टीपीएस सन् २०२० को मार्च २४ सम्मलाई लम्बिएको छ । आज जुन २४ सम्मका लागि मात्र प्रदान गरिएको टीपीएस अदालतमा परेको मुद्दा फैसला नभएकाले नौ महिना थप भएको हो । 

नेपालमा गएको महाभूकम्पलाई ध्यानमा राखेर अमेरिकामा बस्दै आएका कागजपत्रविहीन नेपालीलाई अमेरिकाले टीपीएसको सुविधा  दिएको थियो । सन् २०१५ जुन २४ देखि दिइएको सुविधा यसअघि दुईपटक थपिएको थियो भने पछिल्लो पटक ट्रम्प प्रशासनले नथप्ने निर्णय गरेको थियो । 

त्यस निर्णयका विरूद्ध अदालतमा परेको मुद्दा फैसला नभएकाले यसपटक नौ महिनाका लागि थप भएको हो । अहिदेको स्थिति हेर्दा त्यसपछि चाँहि टीपीएस बढ्न् सक्ने सम्भावना कम देखिएको छ।

अमेरिकामा रहेका करिव नौहजार कागजपत्रविहीन नेपालीले टीपीएस सुविधा लिएको अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2019-06-25 06:59:39

प्रतिकृया दिनुहोस्