अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्का एक संघीय न्यायाधीशले पनि झड्का दिएका छन्। न्युयोर्कका संघीय न्यायाधीश एड्गार्डो रामोसले ट्रम्पले बैंक अकाउण्टको जानकारी रोक्न दिएको माग अस्विकार गरेर यस्तो झड्का दिएका हुन्।
ट्रम्पले जर्मन डच बैक र क्यापिटल वनमा रहेको आफ्नो बैंक खाताको विवरण संसदलाई दिन रोक लगाएका थिए। तर, न्यायाधीश रामोसले यसलाई संसदीय कार्यक्षेत्र भन्दै राष्ट्रपति ट्रम्पको मागलाई अस्विकार गरेका छन्।
न्यायाधीश रामोसको २५ पृष्ठको यो आदेशपछि अब संसदको इन्टेलिजेन्स र फिनान्सियल सर्भिस प्यानलले ट्रम्पको बैंक खाताको विवरण लिन सक्नेछ।
ट्रम्पका वकिलहरूले बैङकको विवरण दिदा ट्म्पको परिवार र व्यापारको निजी जानकारी बाहिर जाने भकाले त्यसो गर्न नमिल्ने दलिल पेस गरेका थिए तर न्यायाधीशले उनीहरूको दलिल ठाडै अस्वीकार गरिदिए।
ट्रम्पका वकिलहरूले यस निर्णयको विरूद्ध कुनै अपिल गरेका छैनन् यद्यपि रामोसले एक साताका लागि मात्र म्याद दिएका छन्।
यसअघि वासिङ्टन डीसीका संघीय न्यायाधीश अमित मेहेताले पनि ट्रम्पको मागलाई ठाडै अस्वीकार गरिदिएका थिए।