एनआरएन अमेरिका: साहको संलग्नता छानबिन गर्न आईसीसीद्वारा समिति गठन

एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी सुनील साहमाथि छानबिन गर्न एनआरएन आईसीसीका तर्फबाट तीन सदस्यीय समिति बनेको छ। आईसीसीका तर्फबाट उत्तर अमेरिका क्षेत्र हेर्ने क्षेत्रीय संयोजक गौरी जोशीले छानबिन समिति गठन गरेका हुन्। 

समितिका सदस्यको नाम नै गोप्य राखिएको समितिले एनआरएनए अमेरिकाको वेबसाइट निर्माण गर्ने कम्पनीसँग सुनिल साहको संलग्नता र सम्बन्धका बारेमा छानबिन गरी तीनदिन भित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने छ। बिहिबारदेखि काम सुरू गरेको समितिले शनिबार प्रतिवेदन बुझाउने बताइएको छ।

वेवसाइट निर्माण गर्ने कम्पनीसँग साहको संलग्नता रहेको भन्दै अध्यक्षका अन्य दुई प्रत्यासी सञ्जय थापा र सूर्य लम्साले साहको उम्मेद्वारी नै रद्द गर्नुपर्ने माग गर्दै एनआरएन आईसीसी गुहारेका थिए। त्यही गुहारलाई सम्बोधन गर्न आईसीसीका तर्फबाट उत्तर अमेरिका संयोजक जोशीले छानबीन समिति गठन गरेको बताइएको छ। 

आरोपी अध्यक्ष प्रत्यासी सुनील साहले वेभसाइट प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएका छन्। 

 

प्रकाशित मिति: : 2019-05-10 04:13:47

प्रतिकृया दिनुहोस्