मेक्सिको विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

moneycontrol.com

मेक्सिकोमा गतसाता भएको जेट विमान दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएको पुष्टी भएको छ।

देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको स्थानीय अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी गराएका छन्।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो।

विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए।

उनले मृत्यु भएका व्यक्तिमध्ये सात जनाको शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरू६ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिए।

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्क बिहीन भएको थियो। उनीहरुले मौसम खराब भएका कारण बिमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन्।

प्रकाशित मिति: : 2019-05-08 21:27:57

प्रतिकृया दिनुहोस्