अमेरिकाको एक स्कूलमा गोलीबारी: दर्जनौ घाइते, दुई सन्दिग्ध बन्दुकधारी पक्राउ

अमेरिकाको कोलोराडो राज्यको डेन्भरस्थित एक विद्यालयमा भएको गोलीबारीमा यो समाचार तयार पार्दासम्म कोही हताहती नभए पनि धेरै विद्यार्थी गम्भीर घाइते भएको बताइएको छ। 

घटना हाइल्याण्ड राँचको स्टेम स्कूलमा भएको हो। १२ कक्षासम्म पढाइ हुने विद्यालयमा एकहजार आठसय विद्यार्थीहरू अध्ययनरत् रहेको बताइएको छ। 

डग्लस काउन्टीका अन्डरसेरिफले विद्यालय हाता खालि गरिदै गरिएको बताएका छन्। उनले गोलीबारी गरेको आशंकामा दुईजना पक्राउ गरिएको र तेस्रो संदिग्धको खोजी भैरहेको पनि बताएका छन्। 

घटनाको विस्तृत विवरण आउँन बाँकि नै छ। 

 

प्रकाशित मिति: : 2019-05-08 03:33:34

प्रतिकृया दिनुहोस्