डिभीको नतिजा सार्वजनिक, तपाईलाई पर्‍यो कि परेन? यसरी हेर्नुहोस्

अमेरिका आउँनका लागि हरेक वर्ष खोलिदै आएको अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक भएको छ।

अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी) को नतिजा आज (मंगलबार) सार्वजनिक भएको हो ।

अमेरिकी पूर्वीसमयअनुसार मे ७ को मध्य दिउँसोदेखि ईडीभीको नतिजा हेर्न सकिनेछ। नेपालमा बैशाख २४ गते मंगलबारको राति ९ बजेर ४५ मिनेट गए पछि नतिजा सार्वजनिक भएको हो। सार्वजनिक गर्न लागिएको नतिजा सन् २०१८ को अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म भरिएका ईडीभीको नतिजा हो।

ईडिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई ईडिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ।

वर्ष सन् २०२० का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो ।

नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

नतिजाको जानकारीका लागि अमेरिकी स्टेट काउन्सिलरले जारी गरेको सूचना

अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् ।

अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो ।

अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरु आउने मुलुकका लागिमात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

 

प्रकाशित मिति: : 2019-05-07 22:48:11

प्रतिकृया दिनुहोस्