राष्ट्रपति ट्रम्पको ट्याक्स रिटर्न बिबरण दिन ट्रेजरी सेक्रेटरीद्वारा अस्विकार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बिगत ६ वर्षदेखिको ट्याक्स रिटर्न बिवरण दिन ट्रेजरी सचिव स्टिवन मेनुचिनले अस्विकार गरेका छन्।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको वेज एन्ड मिन्स कमिटीले राष्ट्रपति ट्रम्पको ट्याक्स रिटर्न बिवरण मागेको थियो। दुईपटककाे समयसिमा नाघेपछि ट्रम्प प्रशासनका ट्रेजरी सचिवले यस्तो जवाफ पठाएका हुन्।
उनले न्याय विभागसँगको परामर्शपछि ट्याक्स रिटर्न विवरण दिन नसकिने पत्र पठाएका हुन्।
यसअघि राष्ट्रपति ट्रम्पले न्याय सम्बन्धित विभागलाई कुनै पनि हालतमा उनको ट्याक्स रिटर्न विवरण नदिन आदेश जारी गरेका थिए।

यसअघि राष्ट्रपतिको उम्मेद्वारी दिएको बेला पनि ट्रम्पले आफ्नो ट्याक्स रिटर्न बिवरण दिन अस्विकार गरेका थिए। ट्रेजरी सचिवको यो कदमपछि अब डेमोक्रट नियन्त्रित हाउस अफ रिप्रजेन्टेटिब्स र ह्वाइट हाउसनबीच अरू शीतयुद्ध चल्ने सम्भावना बढेको छ ।

यसअघि नै म्युलर प्रतिवेदनलाई लिएर महान्यायाधिवक्ता बर र हाउसबीच पानी बाराबारको स्थिति छ ।हाउसमा उपस्थित नभएपछि उनीविरूद्ध अविश्वासको प्रस्ताव पारित गर्ने योजनामा डेमोक्रेट नियन्त्रित हाउस देखिएको छ।

प्रकाशित मिति: : 2019-05-07 06:11:10

प्रतिकृया दिनुहोस्