रविना थापा भन्छिन्- 'अब जे हुन्छ अदालतबाटै हुन्छ'

एनआरएन अमेरिकाविरुद्ध 'टेनेसी कोर्ट'मा मुद्दा दायर गरेकी एनआरएन अमेरिकाकी पूर्वउपाध्यक्ष रविना थापाले 'जे हुन्छ अदालतबाटै हुन्छ' भन्ने प्रतिक्रिया दिएकी छिन्। 

ब्रेक एन लिंक्स को एनआरएन अमेरिका टेनेसी कोर्ट प्रकरण फलोअपका क्रममा सम्पर्कमा आएकी थापाले अदालतलाई विकल्पको रुपमा लिएको वताइन्। संस्थापन पक्षले आफ्ना माग वाईपास गरेर हुकुमी शैली अपनाएको आरोप लगाउँदै उनले भनिन्- यसअघि मुद्दामा मुछिएको व्यक्तिलाई पुन: निर्वाचनको जिम्मेवारी दिनु,आफ्नो पक्षमा निर्वाचन परिणाम नआउने डरले सर्वर डाउन गर्नेजस्ता कार्यमा संस्थापन पक्ष योजनावद्ध ढंगले लागेको छ। निर्वाचन रोकेर यी समस्या समाधान गरिनुपर्छ भन्ने हाम्रो माग हो।'

साधारणसभा तथा आपसी छलफल गरेर विवाद सुल्झाउने बारेमा संस्थापन पक्षले वोलेको कुरामा रविना थापाले भनिन्- 'यो सबै भन्ने कुरा हो, संस्थापन पक्ष यसका लागि तयार नै छैन। त्यसैले अदालत जानु परेको हो, यो रहर हैन बाध्यता हो।  वताइन्।एनआरएन अमेरिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी थापाले संस्थापन पक्षले आफ्ना माग वाईपास गरेर हुकुमी शैली अपनाएको आरोप लगाइन्।  
थापाले अदालत जानूअघि नेतृत्व लगायतका जिम्मेवार पदाधिकारी सवैलाई सम्पर्क गर्न कोसिस गरेपनि कोही पनि सम्पर्कमा नआएको दुखेसो गरिन्।उनले भनिन्- 'मेरो कुरा कसैले सुन्नेवाला छैन, त्यसैले अदालतसमक्ष पुगेकी हुँ।'

तपाई यसपटक उमेदवार पनि हुनुहुन्न, किन यति दु:ख गरिरहनुभएको छ? भन्ने जिज्ञासमा उनले भनिन्, 'मेरो निजी स्वार्थको कुरा हैन, संस्थालाई कसरी विधिसम्मत र प्रक्रियागत ढंगले सवैको हितमा चलाउने भन्ने कुरा हो।' 
थापाले आफ्नो पहलमा मिडियाले पनि साथ नदिएको गुनासो गरिन्। हुनत मिडियाले लेखेर पनि केही हुनेवाला छैन भन्दै उनले अगाडि थपिन्, 'मिडियाको कुरा एनआरएनको नेतृत्वले पनि सुन्नेवाला छैन।' मिडियाको भूमिकाप्रति निकै निराश देखिने उनी एनआरएनका हरेक सदस्य जिम्मेवार नभएसम्म कुनै परिवर्तन नहुने वताइन्।

अध्यक्ष पदमा हार्ने सम्भावना रहेका उमेद्वारको आडमा तपाई अदालत गएको बजारमा हल्ला छ नि ?भन्ने जिज्ञासामा उनले भनिन्- 'उमेद्वारहरु त विचरा हुन्। उनीहरुलाई केही थाहा छैन।' संस्था र सदस्यता सुद्धिकरण बिना निर्वाचनको पछि लागेर दु:ख वेहोर्न लागेकोमा उनले उमेदवारहरुको लागि चिन्ता व्यक्त गर्दै अगाडि भनिन्, 'एनआरएन अमेरिकामा मुद्दा हाल्छन् म त आईसिसीतिर चुनावमा उठ्ने निर्णय गरेको छु भनेर मलाई भन्छन विचराहरु।'

आफ्नो पालाको चुनावमा धाँधली भएको दावी गर्दै यसपटकको चूनाव पनि धाँधलीरहित हुन्छ भन्ने कुरामा आफु आशावादी नरहेको थापाले बताइन्।अहिलेको अवस्थामा संस्थापन पक्षसँग कसैले चुनाव लडेर नजित्ने ठोकुवा गर्दै उनले भनिन्,  'उनीहरु हार्ने अवस्था आउँनै दिदैनन्। आउन लाग्यो भने पनि सर्वर डाउन लगायतका हत्कन्ठा अपनाउँछन, सौदावाजी गर्छन्।'

हिजो पनि अध्यक्षका एकजना उमेदवारले सौदावाजी गरेर हिडेको बताउँदै थापाले उनको नाम भने ननबताउँने बताइन्। सधै गल्ती भयो भन्ने तर सदस्यता वितरण चुनावको मुखमा आएर मात्र किन गर्ने सधै खुला गर्न सकिदैन भन्दै उनले उल्टै प्रश्न गरिन्।

चुनावमा हार वेहोरेपछि तपाईले इगो साँधेको भन्ने आरोप संस्थापन पक्षले लगाएको छ नि? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्- 'संस्थाको विधि प्रक्रियाको कुरामा समस्या छ भनेर भन्नको लागि चुनाव हार्नु र जित्नुले के अर्थ लाग्छ?' अन्तमा  उनले भनिन्- 'यो मेरो रहर हैन,  बाध्यता हो। अब जे हुन्छ अदालतबाटै हुन्छ'

प्रकाशित मिति: : 2019-05-02 05:28:37

प्रतिकृया दिनुहोस्