अमेरिकामा आइतबारदेखि पेट्रोलियम पदार्थको भाउ अरू बढेर उपभोक्ताले चर्को मुल्य चुकाउनुपर्ने भएको छ।
भेनेजुएलाको पेट्रोलियम पदार्थको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागु हुने भएपछि अहिले नै महंगिएको पेट्रोलियम पदार्थ अरू थप महंगो हुने भएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई बिस्थापित गरी त्यहाँका विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिमा स्थापित गर्न चाहन्छन्। उनको यही चाहना पूर्ति गर्ने क्रममा भेनेजुयलामाथि थप दबाब सिर्जना गर्न पेट्रोलियम पदार्थको निर्यातमाथि प्रतिवन्ध घोषणा गरिएको छ।
सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो। अब यो निकासी रोकिएपछि अमेरिकामा तेल संकट अरू बढ्ने छ।
भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ ।
मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन् ।