अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन क्षेत्रका एक न्यायाधीशलाई कागजात नै नभएका आप्रवासीलाई अदालतको पछाडिको ढोकाबाट बाहिरिन दिएको अभियोग लागेको छ।
न्यायाधीश शेल्ले जोसेफले अदालतका अधिकृत वेस्ले म्याकग्रेगरको सहयोग लिएर यस्तो कार्य गरेको बताइएको छ।
उनीहरूले लागु औषधको अभियोगमा अदालतमा लगिएका जोस मेडिना पेरेजलाई पछाडिको ढोकाबाट बाहिर भगाएका थिए। पेरेज नछुट्नेमा ढुक्क भएका अध्यागम अधिकारी भने उनलाई पक्रन मुल ढोकामा बसेका थिए।
डोमिनिकन रिपब्लिकको नागरिक पेरेजलाई अमेरिकाबाट सन् २००३ र २००७ मा दुई पटक डिपोट गरिएका थियो। उनलाई सन् २०२७ सम्म अमेरिका प्रवेश गर्नमा बन्देज लगाइएको छ।
न्यायाधीश जोसेफ र अधिकृत म्याकग्रेगरलाई षडयन्त्र गरेको र न्यायलाई अवरुद्ध पार्न खोजेको अभियोग लागेको छ ।