राष्ट्रपति ट्रम्पले ट्विटरमा गुमाए २०४,००० फलोअर: ह्वाइट हाउसमै बोलाए ट्विटर सीईओलाई

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा दुई लाख चार हजार फलोअर गुमाएका छन्। 

फलोअर घटेकोमा रूष्ट राष्ट्रपति ट्रम्पले ट्विटरका सिइओ ज्याक डोर्सीलाई ह्वाइट हाउसमै बोलाएर आफ्ना फलोअर घट्नुको कारण सोधेका थिए।

जवाफमा ट्वीटरले केही फेक अकाउन्ट हटाउने काम गरिरहेकाले ट्रम्पका फलोअर पनि घटेको जवाफ टि्वटर सीईओ ज्याक डोर्सीले दिएको बताइएको छ।

केही समययता राष्ट्रपति ट्रम्प ट्वीटरले आफूलाई पक्षपात गरेको आरोप लगाउँदै आएका छन्। उनी ट्विटरले रम्परावादीप्रति भेदभाव गर्ने गरेको ठान्छन्। 

डोर्सीलाई भेटेपछि ट्रम्प सन्तुष्ट भएको बतायएको छ। उनले ट्विट गर्दै भनेका छन्- 'ट्वीटरका ज्याकसँग ह्वाइटहाउसमा भएको भेट धेरै राम्रो भयो। उनीहरूको कम्पनी र सामाजिक सञ्जालको संसारबारे धेरै विषयहरू छलफल भयो।' जवाफमा ट्वीटरका सिइओ डोर्सईले धन्यवाद दिँदै लेखेका छन- ट्वीटर सार्वजनिक बहसका लागि हो। हामीले यो बहसलाई अझै स्वस्थ र सभ्य बनाउन चाहन्छौं।

 

प्रकाशित मिति: : 2019-04-25 02:04:28

प्रतिकृया दिनुहोस्