एनआरएन अमेरिकाका बर्तमान अध्यक्ष डा. केशव पौडेलको गृहराज्य न्यु मेक्सिकोबाट उनलाई नै कुरीकुी लगाउँने एउटा समाचार आएको छ।
समाचारअनुसार उनको गृहराज्यमा एनआरएनको स्टेट च्याप्टरमा ११ पदका लागि जम्मा दुईजनाको मात्र उम्मेद्वारी परेको छ- सभापति र उपसभापतिमा।
बाँकि सचिव, कोषाध्यक्ष, युवा संयोजक र महिला संयोजक एक एक र सदस्य पाँचमा कसैको पनि उम्मेद्वारी परेको छैन।
अध्यक्ष पौडेलले आफ्नो गृहराज्यमा एनआरएन अभियानलाई स्थापित गर्न, संरक्षण र प्रवर्द्धन गर्न कति योगदान दिएका रहेछन् भने नाङ्गो तस्वीर देखाउँछ यो तथ्यले।
अमेरिकाको एनआरएन नेपाली कांग्रेसको पौडेल खेमाबाट उम्मेद्वारी दिएर उनी दुई दुईपटक अध्यक्षमा विजयी भएका थिए।
एनआरएन अमेरिकालाई हार्ड ड्राइभ एनआरएन बनाएको आरोप लागेका पौडेलको गृहराज्यमा यस्तो हालत भएपछि एनआरएन अमेरिका साँच्चै नै कुन दिशा र दशातिर गैरहेको छ भन्ने अनुमान लगाउँन कुनै आइतबार पर्खनुपर्दैन।