एनआरएन अमेरिकामा २३२ उम्मेद्वारबाट एकलाख १४ हजार उम्मेद्वारी शुल्क संकलन

अमेरिकामा आगामी मे १८ र १९ मा हुन लागेको एनआरएनको चुनावमा उम्मेद्वारी शुल्क बापत एकलाख १४ हजार अमेरिकी डलर संकलन भएको छ। विभिन्न पदमा उम्मेद्वारी दिएका दुईसय ३२ जना उम्मेद्वारबाट उक्त रकम जम्मा भएको हो। 

निर्वाचन प्रयोजनका लागि गठित निर्वाचन आयोगले विभिन्न पदका लागि विभिन्न दरको उम्मेद्वारी शुल्क तोकेको थियो। जसअनुसार आइसीसी मेम्बरका उम्मेद्वारबाट ११ हजार, राष्ट्रिय संयोजन समितिका विभिन्न पदमा उठेका ७० उम्मेद्वारबाट ६८ हजार एकसय र च्याप्टरका विभिन्न पदमा उठेका एकसय ५१ उम्मेदवारबाट ३५ हजार तीन सय रकम जम्मा भएको छ। 

आयोगले आइसीसी मेम्बरका लागि एकहजार, अध्यक्षका लागि दुईहजार, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि एकहजार पाँच सय, उपाध्यक्षका लागि एकहजार तीनसय, सचिव र  कोषाध्यक्षका लागि एकहजार, सहकोषाध्यक्षका लागि आठसय, महिला तया युवा संयोजकका लागि सात सय र बोर्ड अफ डाइरेक्टरका लागि पाँचसय उम्मेद्वारी शुल्क तोकेको थियो। 

यसैगरी च्याप्टर प्रेसिडेन्टका लागि पाँचसय, उपाध्यक्ष र सचिवका लागि तीनसय, कोषाध्यक्षका लागि दुईसय, महिला तया युवा संयोजकका र बोर्ड अफ डाइरेक्टरका लागि एकसय उम्मेद्वारी शुल्क तोकेको थियो। 

प्रकाशित मिति: : 2019-04-22 03:44:19

प्रतिकृया दिनुहोस्