एनआरएन अमेरिकामा २३२ जनाको उम्मेद्वारी: केन्द्रमा उम्मेद्वारको बाढी, च्याप्टरमा खडेरी

एनआरएन अमरिकाको आगामी मे १८ र १९ मा हुन लागेको निर्वाचनमा दुईसय ३२ जनाको उम्मेद्वारी परेको छ। जसअनुसार आईसीसीका लागि ११, राष्ट्रिय संयोजन समितिका विभिन्न पदका लागि ७० र २० च्याप्टरका विभिन्न पदका लागि एकसय ५१ जनाको उम्मेद्वारी परेको छ। 

केही पदमा त्रिपक्षीय उम्मेद्वारी परेको छ भने अधिकांश पदमा दुईपक्षीय उम्मेद्वारी परेको छ। कतिपय स्टेटका अधिकांश पदमा कुनै उम्मेद्वारी नै परेको छैन भने अधिकांश पदमा निर्विरोध भएका छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो सूचनाअनुसार अध्यक्षका लागि तीनजनाले उम्मेद्वारी दर्ता गरेका छन्। यसैगरी वरिष्ठ उपाध्यक्षमा चार, चार क्षेत्रका क्षेत्रीय उपाध्यक्षमा दुई-दुई गरी आठ, महासचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा तीन-तीन, सचिव, महिला र युवा संयोजकमा दुई-दुई, बोर्ड अफ डाइरेक्टरमा ४० जनाको उम्मेद्वारी परेको छ। अन्य पदमा एकएकजना निर्वाचित हुन्छन् भने बोर्ड अफ डाइरेक्टरमा ११ जना निर्वाचित हुन्छन्। 

यसैगरी आईसीसी मेम्बरको सात पदका लागि ११ जना चुनावी मैदानमा उत्रिएका छन्। 

यसैगरी विभिन्न राज्यमा रहेका एनआरएनका २० च्याप्टरका विभिन्न पदमा गरी एकसय ५१ जनाले उम्मेद्वारी दिएका छन्। क्यान्सास, आइवा,वासिङ्टनमा त अध्यक्ष पदमा मात्र एक एकजनाको उम्मेद्वारी परेको छ।बढी उम्मेद्वारी पर्नेमा  न्युयोर्कमा २१, म्यासाचुसेट्समा १८, मेरिल्याण्डमा १५, केन्टकीमा १२, कोलोराडोमा ११ र टेक्सासमा १० जनाको उम्मेद्वारी परेको छ। बाँकि च्याप्टरमा त दुई अंकको उम्मेदवारी परेको छैन। 

निर्वाचन आयोगले उम्मेद्वारको नामावली भने पूर्वनिर्धारित कार्यक्रमअनुसार अप्रिल २३ मा मात्र प्रकाशित गर्ने जनाएको छ। दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर मे ७ मा अन्तिम नामावली प्रकाशित गरिने छ। उम्मेद्वारहरूले मे ३ सम्ममा आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन्।

कुन कुन पदमा कति परे ? 
थाहा पाउँनका लागि यहाँ क्लिक गर्नु होला। 
https://nrnusa.org/media/28802/nec-announcement-4.pdf

 

प्रकाशित मिति: : 2019-04-21 23:46:15

प्रतिकृया दिनुहोस्