अमेरिकी कंग्रेसमा 'रेज बिल': बढ्यो डीभी बन्द हुने सम्भावना

फोटो: गुगल

अमेरिकी कंग्रेसका दुबै सदनमा पुन: प्रस्तुत भएको रेज बिल पारित भएमा त्यसबाट नेपालीहरू पनि प्रभावित हुने छन्। आप्रवासीमैत्री नभएको यो बिलका मुख्य चार प्रावधान छन् र ती चारै प्रावधानबाछ नेपाली प्रभावित हुने प्रष्ट छ।

कसरी नेपाली प्रभावित हुन्छन् ? भनने प्रश्नको उत्तरमा एक आप्रवासन कानून व्यवसायी भन्छन्- 'पहिलो त यसबाट डाइभर्सिटी भिसा खारेज हुने भएकाले सबैभन्दा पहिला त डीभीबाट अमेरिकी सपना पूरा गर्ने बाटो नै बन्द हुन्छ।दोस्रो चेन माइग्रेसन बन्द हुने भएकाले आफन्तको स्पोन्सरमा अमेरिका आउँन पाउँने ढोका पनि बन्द हुन्छ। तेस्रो शरणार्थीको कोटा लागू हुने भएकाले एसाइलम पनि प्भावित हुन्छ त्यसबाट धेरथोर नेपाली पनि प्रभावित हुन्छन्। चौथो मेरिट बेस्ड माइग्रेसन लागु भयो भने त्यसबाट दक्ष जनशक्तिले मात्र अमेरिकामा आउँन पाउक्ने भएकाले नेपालीमा अदक्ष र अर्धदक्ष जनशक्तिको ठाउँ नै हुदैन।'

बुधबार अमेरिकी कंग्रेसको तल्लो र माथिल्लो दुबै सदनमा रेज एक्ट पुन: प्रस्तुत गरिएपछि पुन: एकपटक अमेरिकी आप्रबासी नीतिमाथि बहस सुरू भएको छ। माथिल्लो सदन सिनेटमा तीन सिनेटर डेभिड पर्र्डु, टिम कटन र जोस हाउलीले ल्याएको यो विधेयक तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्समा फ्रान्सिस रूनीले टेबल गरेका छन्।

यसअघि सन् २०१७को फेब्रुअरी १७ मा डेभिड पर्र्डु र टिम कटनले प्रस्तुत गरेको यो बिल अगष्ट २ मा टिम कटने परिमार्जन गरेर प्रस्तुत गरेका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि इन्डोर्स गरेको यो विधेयकलाई डेमोक्रेटहरूले अस्वीकार गरेका थिए भने रिपब्लिकनमा पनि यो लोकप्रिय भएको थिएन।

अहिले फेरि त्यही बिल अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको छ। 

रेज (RAISE) को विस्तृत रूप हो- Reforming American Immigration for a Strong Economy अर्थात् सबल अर्थतन्त्रका लागि अमेरिकी आप्रबासनमा सुधार।

नाम जे दिइए पनि आप्रवासीमैत्री नठानिएको यो बिल दक्षिणपन्थी रिपब्लिकमाझ लोकप्रिय छ। र, यसलाई राष्ट्रिय मुद्दा बनाउने सोचले वहस पैरवी गर्ने काम पनि भैरहेको छ।

रेज बिलका एक को-स्पोन्सर सिनेटर डेभिड पर्र्डु यसका चार विशेषता बताउँछन्- मेरिट बेस्ड इमिग्रेसन, डाइभर्सिटी भिसा खारेजी, चेन माइग्रेसनको अन्त र शरणार्थीको कोटा प्रणाली। हामीले यी चार कुरामा ध्यान दिएनौं भने ढिलो चाँडो अमेरिका बर्बाद हुन्छ। यो अमेरिकालाई बर्बाब हुनबाट रोक्ने विधेयक हो।

बिलका अर्को को-स्पोन्सर सिनेटर कटन भन्छन्- 'अमेरिकाको आप्रवासी नीति २१औं शताव्दी अनुकुल छैन र यो अमेरिकाको हितमा पनि छैन। त्यसैले आप्रवासी नीति अमेरिकाको हितमा समयसापेक्ष बनाउँन यो बिल आवश्यक छ।'

उनले प्रस्तावित विधेयकमा योग्य र क्षमतावान आप्रवासीलाई मात्र अमेरिकामा स्वागत गर्न के के गर्नुपर्छ भन्ने सिलसिलेवार प्रावधान रहेको बताए। उनका अनुसार प्रस्तावित विधेयकमा अमेरिका आउँने भाग्योदय चिट्ठा (डीभी)पूरै बन्द गर्ने, शरणार्थी कोटा ५० हजार बनाउँने र आप्रवासीका आफन्तको ढाडमा चढेर अमेरिका आउन पाउँने चेन माइग्रेसन खतम गर्ने र क्यानडाको जस्तै मेरिट बेस्ड स्किल्ड ह्युमन रिसोर्स मात्र ल्याउनेलगायतका प्रावधान उल्लेख छन्।

प्रकाशित मिति: : 2019-04-12 07:27:46

प्रतिकृया दिनुहोस्